Home » » आफू जिउँदो छउन्जेल माफी नमाग्ने ओलीको जिकिर...

आफू जिउँदो छउन्जेल माफी नमाग्ने ओलीको जिकिर...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


काठमाडौं, पुस २४ – एमाले अध्यक्ष केपी ओलीले
आफ्नो अभिव्यक्तिका लागि मधेशी मोर्चासँग
माफी नमाग्ने भएका छन् ।
बुधबार शीर्ष तीन दलसहित
मधेशी मोर्चाको बैठकमा अपमानजनक
अभिव्यक्ति दिएको भन्दै मोर्चाले ओलीले
माफी नमागेसम्म एमालेसम्बध कुनै
पनि बैठकमा उपस्थित नहुने बताएका थिए । मोर्चाले
आज बालुवाटारमा बसेका बैठक पनि बहिस्कार
गर्यो ।
तर, ओलीले भने आफूले कुनै पनि हालतमा माफी नमाग्ने
बताएका छन् । बिहिबार प्रधानमन्त्री निवास
बालुवाटारमा बसेको शीर्ष तीन
दलको बैठकमा ओलीले सो कुरा राखेका थिए ।
उनको भनाई उद्धृत गर्दै बालुवाटार स्रोतले भन्यो, ‘म
ज्युँदो हुन्जेल कुनै पनि हालतमा मधेशी मोर्चासँग
आत्मालोचना वा माफी माग्दिन ।’
‘युपी र बिहारलाई पनि मधेशमा गाभ’ भन्ने
अभिव्यक्ति दिएपछि मधेशी मोर्चाका नेताहरुले
बुधबार आकस्मिक बैठक बस्दै बैठकमा ओलीले
माफी माग्नुपर्ने माग गरेका थिए । त्यस्तै,
सद्भावना पार्टीले ओलीको पुत्ला समेत दहन
गरेको थियो ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved