भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
ललितपुर, पुस – सुन्दा अनौठो लाग्छ,
दाईजोमा मृगौला । श्रीमानको मृगौलाले काम
नगर्दा श्रीमतीले आफ्नो बुबासँग मृगौला मागेर
बचाउँछन् । तर, श्रीमानले भने श्रीमतीको रोग
पत्ता लागे पछि पनि उपचार नगरेका दर्जनौ उदाहरण
छन् । घटना काठमाडौ उपत्यकाभित्रकै हो ।
एउटी महिलाले आफना श्रीमान बचाउन
आफना बाबुसंग रोइकराइ गरेपछि हालै बाबुले
आफनी ‘छोरीको घर जोगाउन ज्वाइलाई मृगौला’
दान दिएका छन् । पारिवारिक गोपनीयता कायम
गर्न उनीहरुले घटनाबारे विस्तृतरुपमा बताउन चाहेनन् ।
मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरका प्रमुख डाक्टर
पुकार चन्द्रश्रेष्ठ भन्छन्, ‘लोग्ने बचाउन श्रीमतीले
आफनो र माइतीबाट मृगौला उपहार
दिएको उदाहरण छ ।’ अहिलेसम्म १५५
जनाको मृगौला प्रत्यारोपण गरिसकेका डा. श्रेष्ठले
भने, ‘मृगौला लिने धेरैजसो पुरुष छन् भने
दिनेमा महिला । यो लैंगिक रूपअत्यन्तै
ठूलो विभेद हो ।’ नेपालमा उस्तै आर्थिक
अवस्था भएको पुरुषको मृगौला काम लागेन भने
उसको उपचार गराइन्छ, तर
सामान्यतया महिलाको मृगौलाले काम गरेन भने
उपचार गराइँदैन । डा. श्रेष्ठका अनुसार,
श्रीमानको उपचारका लागि श्रीमतीले घर
सम्पत्ति पूरै बेच्ने मात्र होइन आफ्नो माईतबाट समेत
खर्च जुटाउने गरेका उदाहरणहरु छन् । मानव अंग
प्रत्यारोपण केन्द्र भक्तपुर र आरोग्य प्रतिष्ठानले
दिएको तथ्यांक अनुसार महिलामाथि हुने
विभेदको चर्को र डरलाग्दो अबस्था मृगौला दिने
क्रममा पनि देखिएको छ । जनरल सर्जन डा.
श्रेष्ठका भनाइमा, ‘नेपालमा हरेक वर्ष तीन हजार
मनिसको मृगौला बेकम्मा हुन्छ । तीमध्ये ९०
प्रतिशतको ज्यान जानसक्छ ।’ मृगौला काम नलाग्ने
हुनेमा महिला भन्दा पुरुषको संख्या केही बढी छ । तर
मृगौला बिग्रिएर मर्नेमा भने
महिलाको संख्या बढी छ ।
मृगौला बिग्रनेमा धेरैजसो २० देखि ४० वर्ष उमेर
समुहका मानिस छन् । मानव अंग प्रत्यारोपण केन्द्र
भक्तपुरमा मात्र बितेका डेढ
वर्षमा मृगौला प्रत्यारोपण गराउने मध्ये ९० प्रतिशत
पुरुष र १० प्रतिशत महिला थिए । मृगौला दान
गर्नेमा भने ७५ प्रतिशत महिला र २५ प्रतिशत पुरुष थिए
। अर्थात्, अंगदान गर्नेमा महिला बढी छन् र
लिनेमा सबै जसो पुरुष । मृगौला दान गर्ने
एकजना महिला भन्छिन् ‘लोग्ने बाँचे
पो जीवनको अर्थ हुन्छ । होइन भने मेरो के अर्थ ।’ तर
नेपालका अधिकांशजसो लोग्ने मानिसहरु
ती महिलाका जस्तो धारणा राख्दैनन् । महिला र
पुरुषबीच देखिएको यस्तो भेदभाव मेटाउन आरोग्य
फाउनण्डेसनले महिलालाई मृगौला दिने पुरुषलाई रु.५०
हजार दिँदै आएको छ । यो पैसा केन्द्र र आरोग्य
प्रतिष्ठानले ब्योहोर्दै आएका छन् । आरोग्यले
यसरी पैसा दिन थालेपछि डेढ महिनामा दुई
जना महिलाले पुरुषबाट मृगौला पाएका छन् ।
मानिसमा चेतना जगाउन र महिलामाथि हुने भेदभाव
हटाउन आरोग्यले यस्तो अभियान थालेको हो ।

0 comments:
Post a Comment