Home » » कतारमा नेपालीलाई उत्कृष्ट कामदारको अवार्ड.....

कतारमा नेपालीलाई उत्कृष्ट कामदारको अवार्ड.....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

दोहा - नयाँ बर्ष २०१५
को अवसरमा अल एवल टेड्रिङ्ग एण्ड कन्ट्रयाक्टीङ्
कम्पनीमा कार्यरत
कामदारहरुको साझा संस्था एरोसले
आफ्नो बार्षिकउत्सव तथा नयाँ बर्षको कार्यक्रम
सम्पन्न गरेको छ ।
दोहा स्थित ईन्डियन कल्चर सेन्टर
अशोका हलमा उत्कृष्ट कामदारलाई अवार्ड ,
वार्षिक कार्ययोजना साथै सांगीतीक कार्यक्रम
सम्पन्न भएको हो ।
कम्पनीमा काम गर्ने ६ सय भन्दा बढी कामदारहरु
मध्यबाट ६ जना उत्कृष्ट कामदार छनोट
गरीएको थियो । कम्पनीमा भारत, नेपाल,
श्रीलङ्का, बंगालादेश, ईजिप्ट, इथोपिया र
फिलिपिन्सका कामदार कार्यरत छन । सबै
देशका कामदारलाई पछी पार्दै २
जना नेपाली कामदारले २०१४ सालको सर्वोकृष्ट
कामदारको अवार्ड हात पारेका छन ।
स्याङ्गजाका लोक बहादुर रानाभाट र
तनहुँका मिमलाल थापाले अवार्ड पाएका हुन ।
उनीहरुलाईरु ८५/८५ हजार नगद पुरस्कार र सर्वोकृष्ट
कामदारको मेडल प्रदान गरिएको छ । त्यस्तै
विभागिय अवार्ड अन्तरगत एकाउन्टस्मा कार्यरत
स्याङ्गजाका नारायण पराजुली,
मार्केटिङस्मा भारतका मिजियास ईके र सुपरभाईजर
मोहम्मद कल्लीभीलप्पीलले अवार्ड पाएका छन ।
प्रत्येकलाई रु ५५ हजार नगद पुरस्कार र मेडल प्रदान
गरिएको थियो । कम्पनीको हरेक
काममा सहयोगी भुमिका खेलेको भन्दै ओम प्रसाद
सापकोटा, रिफ्की हुसेन र मोहम्मद साहलीले रु २८
हजार बराबरको पुरस्कार पाए ।
कार्यक्रममा बोल्दै
अतिथी नेपाली समुदायका अगुवा सागर नेपालले
कम्पनीले आफ्ना कामदारलाई एउटै
प्याटफममा समेटी नयाँ बर्ष मनाएकोमा खुसी व्यक्त
गरे । उनले भने विभिन्न देशबाट
रोजगारीको शिलशिलामा कतार आएका
हामी आफ्नै दाजुभाई भएर बस्नु पर्छ ।
यहाँको कानुनको सम्मान गर्दै लगनशिल र
मेहनती कामदारको रुपमा चिनीनु
आवश्यकता रहेको बताए ।
मन्तव्यको क्रममा कतारमा नेपाली समुदाय,
नेपालीले गर्ने विभिन्न क्रियाकलाप र
नेपालीको स्वाभिमान प्रती खुलेरै बताए ।
नेपाली कामदारहरुको लगनशिलता र योगदानलाई
स्मरण गर्दै उनले कतारमा आउनु बाध्यता र
अवसरको खोजी भएको बताए ।
नेपाली कामदारलाई कतारबाट योग्य भएर र्फकन
समेत आग्रह गर्दै उत्कृष्ट कामदारको अवार्ड
पाएका कामदारहरुलाई बधाई
तथा नयाँ बर्षको शुभकामना दिए ।
नेपाली दुतावासका द्धितिय सचिव नितेश
सापकोटाले नेपाली नियोगले
कामदारका समस्याहरुको समाधानका लागी प्रतिवद्ध
रहेको बताउदै नयाँ बर्ष २०१५को शुभकामना दिए ।
कामदारहरु विच उपस्थित भएर
दुतावासका कुरा राख्न पाएकोमा आयोजक
प्रती आभार प्रकट गरे ।
कार्यक्रममा भारतिय दुतावासका कार्यवाहक
राजदुत आर.के . सिंहले विभिन्न
समुदायका कामदारलाई एकै ठाउमा देख्न
पाएको भन्दै खुसी प्रकट गर्दै आफ्नो पहिलो अनुभव
रहेको बताए । यस्ता कार्यक्रमले कामदार र
व्यवस्थापन पक्षको सम्वन्ध मजबुत हुने उनको भनाई छ ।
कार्यक्रममा आन्तरिक मन्त्रालयका लेफ्टिनेन्ट
रासिद अन्तार अल मारीले
कम्पनीका कामदारका लागी आयोजना गरेकोे कार्यक्रमबाट
एउटा नौलो अनुभुती मिलेको बताए । उनले कतार
सरकारले ईद र राष्ट्रिय
दिवसको अवसरमा आयोजना गरको कार्यक्रममा कम्पनीका कामदारहरुको सम्वन्यकारी भुमिका रहेको भन्दै
कम्पनीका स्पोन्सर साद विन साद आरएच अल
सुवेईलाई आन्तरिक मन्त्रालयको तर्फबाट विशेष
पुरस्कार प्रदान गरे ।
कार्यक्रममा आन्तरिक
मन्त्रालयका प्रतिनिधी खालिद हुसेन अल समारी र
रिच आउट अफिसर फाईसल हुएदीको समेत
उपस्थिती रहेको थियो । उनीहरुले गत बर्ष
कम्पनीको सम्वन्यमा ट्राफिक जनचेतना समेत
गरेका थिए । कार्यक्रममा ट्राफिक सम्बन्धि नियमहरु
प्रष्ट पारियो । खालिद कम्पलमेनले स्वागत मन्तव्य
राखेको कार्यक्रमलाई
कम्पनी व्यवस्थापनको तर्फबाट सिद्धिक पुराईल, सुवेर
पुराईल, सम्पद बिपी र बसिर तिवारिकलले मन्तव्य
राख्दै उपस्थित सबैलाई नयाँ बर्षको शुभकामना सहित
धन्यवाद दिएका थिए ।
जनवरी १ तारिकका दिन सम्पन्न उक्त
कार्यक्रममा कतारका विभिन्न
ठाउँमा रहेको कम्पनीका क्याम्पबाट
आएका कामदारहरुले विविध आ आफ्नो सँस्कृती झल्कने
खालका प्रस्तुतीहरु देखाएका थिए । सहानिय,
ओम्वाव, ओमसलाल, औद्योगिक क्षेत्र, सैलिया,
एनखालिद, सल्वारोड, कराना,
ओक्रा लगायतका ठाउबाट
कामदारहरुको उपस्थिती रहेको थियो । अवार्ड
कार्यक्रमको सम्पन्न सँगै नयाँ बर्षको रंगिन साझ पुर्ण
संगितमय बन्यो । ३ घन्टा सम्म सांगितीक
कार्यक्रममा उपस्थित कामदारहरु रमाए ।
ईनाम दोहाको सहकार्यमा सांगीतीक कार्यक्रम
सम्पन्न भएको थियो । अतिथी कलाकार जुनियर
उदित नारायणको नामले चिनिने हिन्दी गायक
निसार वाहिदले उपस्थित सबैलाई नचाउन सफल भए ।
नेपाली गायक विरेन्द्र श्रेष्ठले आफु रोएर पनी हसाँउने
साथी छिन मेरै बोलको गित प्रस्तुत गरे ।
गायिका अरुणा केसीले चौबन्दीमा पटुकी गाईन ।
भर्खर कतारमा चर्चित बन्दै गरेका डान्सर हेमन्त
लामाको नृत्यले उपस्थित सबैको मन छोयो ।
उनको नृत्य कार्यक्रम भरीको उत्कृष्ट
प्रस्तुतीको रुपमा सावित भयो ।
सांगितीक कार्यक्रममा ईनाम
दोहाका कलाकारहरुको हिन्दी र मल्यालम संगितले
मनोरन्जन प्रदान गर्यो । नेपाली, भारतिय र
श्रीलङ्कन कलाकारहरुको बजोड
प्रस्तुती रहेको कार्यक्रम रात्रिभोजसँगै समापन
भएको हो । सर्वोकृष्ट कामदारको अवार्ड
विजेता कम्पनीका चालकको रुपमा कार्यरत
रानाभाटले आफ्नो मेहनत र लगनशिलताको कदर
गरेकोमा अत्यन्तै खुसी देखिए ।
उनले भने हामी प्रवासमा काम
गरिरहेका छौ यहाँको बस्तु स्थितीलाई मध्यनजर गर्दै
अघाडी बढ्न सकियो भने अवश्य पनी एक दिन सफल हुन
सकिन्छ । अर्का विजेता थापाले आफुले
विगतमा भोगेका पिडाको स्मरण गर्दै आज कम्पनीले
अवार्ड दिएकोमा गह भरी आशु निकाले ।
उनको पहिलेको कम्पनीले ६ महिना सम्म तलव
नदिएपछी यस कम्पनीमा भिसा परिवर्तन गरेका थिए
उनी गाडीको मिस्त्रीको सहयोगीको रुपमा कार्यरत
छन । आफ्ना सहपाठीलाई सम्झदै कम्पनी प्रती आभार
प्रकट गरे । छनोट भएका कामदारहरु मध्यवाट भोटिङ्ग
गरी उनीहरुले सर्वोकृष्ट कामदारको अवार्ड हात
पारेका हुन ।
मध्यपुर्वको सानो देश
कतारमा नेपाली कामदारको संख्या ४ लाख
भन्दा बढी रहेको छ । आगामी २०२२ मा विश्व
कपको तयारीको संघारमा रहेको कतारले
आप्रवासी कामदारलाई रोजगारीको अवसर दिदै
आईरहेको छ । कतारमा केही कम्पनीले मात्र
कामदारको मेहनतको कदर गर्दै यस्ता खाले कार्यक्रम
गरेको पाईन्छ । यस्ता कार्यक्रमले कामदार र
व्यवस्थापन विचको सम्बन्ध प्रगाढ रहने छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved