Home » » बिश्वकै दोस्रो सस्तो मुलुक नेपाल....

बिश्वकै दोस्रो सस्तो मुलुक नेपाल....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

अष्ट्रेलिया, माघ ४ - तपाई नेपालमा बसोबास
गर्नुहुन्छ ? यदी हो भने तपाई विश्वकै
सबैभन्दा दोस्रो सस्तो मुलकमा हुनुहुन्छ । हाम्रै
छिमेकी देश भारत भने
विश्वको सबैभन्दा सस्तो मुलुकमा दरिएको छ ।
जसको उपभोक्ता मूल्य सुचकांक नेपालको भन्दा २
अंकले कम देखिएको छ ।
मुभहब नामक संस्थाले हालै सार्वजनिक
गरेको विश्वको सबैभन्दा महङ्गो र
सबैभन्दा सस्तो मुलुकको सुचीमा सस्तोतर्फ भारत
पहिलो र नेपाल दोस्रो बनेका छन भने
सबैभन्दा महङ्गो देशको सुचीमा स्वीजरल्याण्ड र
नर्वे क्रमश पहिलो र दोस्रो स्थानमा परेका छन् ।
उक्त संस्थाले उपभोक्ता मुल्य सुचकांककालई आधार
मानेर बिभिन्न देशहरुको खर्चको तुलना गरेर उक्त
सुची सार्वजनिक गरेको बताएको छ । जसमा उसले
खाद्यान्न, यातायात, रेष्टुरेन्ट र युटिलिटीलाई
लिएको छ । जुन तथ्याँक नुम्बियोको ग्लोबल मुल्य
डाटाबेसबाट लिइएको हो ।
उक्त संस्थाले खाद्यान्न तर्फ मासु, ब्रेड, चामल,
अण्डा, फलफूल, सागपात र रक्सीलाई लिएको छ
भने यातायात तर्फ एकोहोरो टिकट, मासिक
टिकट पास, ट्याक्सी भाडा, पेट्रोल मुल्य र
भोक्सवागन गल्फ नामक कारलाई सुचक मानेको छ ।
यसैगरि रेष्टुरेन्ट अन्तरगत महङ्गा, कम महङ्गा र
सस्ता होटलमा पाईने खानाको मुल्य, कफि,
रक्सी र पानीलाई लिएको छ भने
युटिलिटी अन्तरगत बिजुली, पानी, इन्टरनेट
खर्चलाई लिइएको छ ।
उक्त संस्थाले अमेरिकाको न्युयोर्क
शहरमा रहेको मुल्यलाई अन्य स्थानमा उपलब्द्ध
भएका मुल्यसँग तुलना गरेर यो नतिजा सार्वजनिक
गरेको हो । विश्वका १ सय १९ देशको खर्चसँग
तुलना गरेर उक्त नतिजा निकालिएको हो ।
विश्वका सस्ता मुलुकहरुमध्ये नेपाल र भारत बाहेक
तेस्रो स्थानमा पाकिस्तान,
चौथोमा ट्युनिसिया र
पाँचौमा अल्जेरिया रहेका छन् । यसैगरि क्रमश
छैटौदेखि दशौंसम्म मोल्डोभा, इजिप्ट,
मेसोडोनिया, सिरीया र कोलम्बिया रहेका छन्
उक्त संस्थाको तथ्याँक अनुसार
विश्वका महङ्गा देशहरुमा स्वीजरल्याण्ड र
नर्वेबाहेक तेस्रो, चौथो र
पाँचौमा क्रमशः भेनेजुएला, आइसल्याण्ड र डेनमार्क
परेका छन भने अष्ट्रेलिया, न्युजिल्याण्ड,
सिंगापोर, कुवेत र युनाईटेड किङ्गडम -बेलायत)
क्रमश छैटौंदेखि दशौं स्थानमा परेका छन् । मुभहबले
सार्वजनिक गरेको यो तथ्यांकमा बासस्थान,
लुगाकपडा र शिक्षाको खर्च भने समावेश
गरिएको छैन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved