Home » » जण्डीस रोगबाट बच्ने उपायहरु

जण्डीस रोगबाट बच्ने उपायहरु

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

अहिले त जाडो मौसम छ । जण्डीस
रोगको त्यती खतरा छैन । तर गर्मी यामको शुरुवात
संगसंगै शहर
बजारको खाना तथा पानीको माध्यमबाट
झाडापखाला, जण्डिस आदि रोगहरु
फैलिएको वा फैलिन सक्ने सम्भावना बढ्छ ।
जसका कारण्बाट स्वास्थ्य संस्थामा भिडभाड बढ्न
थाल्छ । तर गर्मीमा मात्रै जण्डिस हुन्छ भन्ने होइन ।
फोहोरी,बासी र फोहोर पानीका कारण लाग्ने
रोग हो । जण्डिसबाट बच्न निम्न कुरामा ध्यान
दिनु जरुरी छ ।

१ पानीलाई उमालेर
अथवा क्लोरिनको प्रयोगद्वारा निर्मलीकरण गरेर
मात्र पिउने गरौं ।
२ फलफूल, साग पात र
तरकारी पखाल्दा सफा पानीको प्रयोग गरौं ।
३ सडेगलेका,
झिंगा भन्किएका तथा खुल्ला राखिएका खानेकुरा
उपभोग नगरौं ।
४ काँचो र पकाइसकेका खानेकुरा छुट्टाछुट्टै राखौं ।
५ खाना बनाउनु अघि, खाना खानु अघि, शौचालय
प्रयोग गरिसकेपछि,
केटाकेटीको दिशा धोइसकेपछि तथा गाई बस्तु,
पशुपंक्षीको सम्पर्कमा आए पछि अनिवार्य
रुपपमा साबुन पानीले हात धोऔं ।
६ माछामासु काट्ने र तरकारी फलफूल काट्ने चक्कु
भिन्दा–भिन्दै प्रयोग गरौं ।
७ होटल,
रेष्टुरेण्टमा खाजा तथा खाना खांदा सकेसम्म
ताजा तथा तातै खाने गरौं ।
८ कांचै खाइने सलाद जस्ता खानेकुराहरु
उमालेको अथवा निर्मलीकरण
गरिएको पानीमा एकछिन डुबाएर मात्र उपभोग
गरौं । ९
पकाइसकेका खाना तथा पानीलाई राम्रोसंग
छोपेर राखौं
१० खाद्य वस्तुको सम्पर्कमा आउने
भाँडाकुँडा सुख्खा ओभानो हुनु पर्छ ।
११ अप्रशोधित कच्चा पदार्थ जस्तै माछा, मासु,
तरकारी काट्न प्रयोग गरिने चक्कु वा चपिङ बोर्ड
राम्ररी सफा र सुख्खा नबनाई
सलादको रुपमा खाने तरकारी फलफुल काट्न प्रयोग
गर्नु हुँदैन ।
१२ घरपालुवा जनावर, चरा, मुसा आदिलाई
खाना पकाउने ठाउँमा आउन नदिन ध्यान पु¥याऔं ।
१३ उपभोग्य मिति समाप्त भइसकेका खाद्य तथा पेय
पदार्थ उपभोग नगरौं ।
१४ बालबालिका, वृद्ध
तथा बिरामीहरुको खानपान र सरसफाइमा थप
सावधानी अपनाऔं ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved