Home » » प्रहरीले नै किशोरी अपहरण गरी बलात्कार गरेपछि…

प्रहरीले नै किशोरी अपहरण गरी बलात्कार गरेपछि…

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाण्डु, १८ पुस भारत उत्तर प्रदेशको बदाउ
जिल्लामा प्रहरीले नै एक किशोरीको अपहरण
गरी बलात्कार गरेका छन् ।
मुसाझग प्रहरी चौकीमा कार्यरत दुई प्रहरीले
नयाँ वर्ष सन् २०१५ को अघिल्लो दिन एक १४
वर्षीया किशोरीको अपहरण गरी बलात्कार
गरेका हुन् ।
कामका लागि घरबाट
निस्किएकी ती किशोरीलाई प्रहरीले
बाटोमा हिंड्दै गर्दा उठाएर गाडीमा हालेका थिए
। साँझ पख अपहरणमा परेकी किशोरीलाई
मध्यरातसम्म बलात्कार गरी प्रहरीले
गाउँको बीचमा ल्याएर छाडिदिएका थिए ।
घटनाको भोलिपल्ट पीडित
किशोरीकी आमा छोरी बलात्कार गर्ने
प्रहरीविरुद्ध उजुरी दिन चौकी पुगेकी थिइन् ।
तर प्रहरी चौकीका इन्चार्जले उजुरी लिन
नमानेपछि पीडित परिवारले मिडियामार्फत उक्त
कुरा बाहिर ल्याएको हो ।
सञ्चार माध्यमबाट घटना बाहिर आएपछि उत्तर
प्रदेशका मुख्यमन्त्री अखिलेश यादवले घटनामा संलग्न
प्रहरीलाई निलम्बन गरी कडा कारबाही गर्न सम्वद्ध
अधिकारीहरुलाई निर्देशन दिएका छन् ।
यसैबीच घटनामा संलग्न प्रहरीहरु भीरपालसिंह यादव
र अवानिश यादवलाई प्रहरीले
नियन्त्रणमा लिएको छ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved