भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाण्डु, १८ पुस–मध्यमवर्गले सबैभन्दा बढी प्रयोग
गर्ने निजी सवारी साधन
मोटरसाइकलको बिक्री बर्सेनि बढेसँगै बजाज
मोटरसाइकल अब नेपालमै उत्पादन हुने भएको छ । करिब
१५ वर्र्षदेखि नेपालमा बजाज
मोटरसाइकलको आधिकारिक
बिक्रेताको रुपमा रहेको हंशराज हुलासचन्द्र
गोल्छा समूहले देशमै उत्पादन गर्न लागेको हो ।
गोल्छा समूहले वार्षिक १८ हजार मोटरसाइकल
उत्पादन गर्ने गरी उद्योग विभागमा गत असोज ८ गते
हुलास अटोक्राफ्ट प्रालि दर्ता गरेको छ ।
विभागको वेबसाइटमा उपलब्ध विवरण अनुसार २४
करोड रुपैयाँ लगानी गरिने उक्त उद्योग
नवलपरासीको रामग्राममा रहनेछ ।
बर्सेनि १२५ सिसीका १० हजार वटा बाइक उत्पादन
गर्ने लक्ष्य राखिएको छ । तर, बजाजले कुन–कुन मोडल
उत्पादन गर्ने भन्ने खुलाइएको छैन । देशमै उत्पादन हुने
भएकाले केही सस्तो हुने अनुमान गरिए पनि यसबारे
कम्पनीले आधिकारिक रुपमा प्रस्ट पारेको छैन ।


0 comments:
Post a Comment