भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
नयाँ वर्षको पहिलो दिन बिहीबार
चेल्सीमाथि ५–३ जित पाएपछि इङ्लिस प्रिमियर
लिग रोमाञ्चक मोडमा पुगेको छ। शीर्ष
स्थानको चेल्सीको हार र
दोस्रो स्थानको म्यानचेस्टर
सिटीको जितपछि दुवैसँग समान ४६ अंक भएको छ।
प्रिमियर लिग इतिहासमा दोस्रोपल्ट
नयाँ वर्षको दिन धेरै गोल भयो। बिहीबार ३३ गोल
भएको थियो। यसअघि सन् १९८७
मा नयाँ वर्षको दिन ३४ गोल भएको थियो।
युथबाट सिनियर टोलीमा गएका २१ वर्षे केनले दुई
गोल गर्नुका साथ अर्को दुई गोललाई
भूमिका निर्वाह गरेपछि प्रशिक्षक जोजे
माउरिन्होले प्रशिक्षण जीवनमै दोस्रोपल्ट ५
गोलको सामना गरेका छन्।
जारी सिजनमा सबैखाले स्पर्धामा गरी केनको १७
गोल भएको छ।
चेल्सीकै पूर्वमिडफिल्डर फ्रान्क
लाम्पार्डको निर्णायक गोलमा साबिक
विजेता सिटीले भने सन्डरल्यान्डमाथि ३–२
को नतिजा निकाल्यो। जितपछि चेल्सीलाई
भेट्टाएको सिटी गोलअन्तरमा मात्र पछाडि छ।
'यो नतिजाले देखाउँछ
हामी कति राम्रो छौं भन्ने,' केनले भने, 'विश्वकै
उत्कृष्ट रक्षापंक्ति भएको टोलीविरुद्ध पाँच गोल
गर्नु चानचुने उपलब्धि होइन।
हामी एउटा टोलीका रूपमा प्रस्तुत भएका थियौं।'
त्यो जितपछि टोटेनह्याम पनि आर्सनललाई
पछि पार्दै पाँचौं स्थानमा उक्लेको छ।
डिएगो कोस्टाले १८औं मिनेटमा गोल
गरेपछि चेल्सीले अग्रता लियो। कोस्टालाई
ओस्कारले पास मिलाइदिएका थिए। त्यसअघि इडेन
हाजार्डको प्रहार पोस्टमा लागेर फर्केको थियो।
केनले ३०औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए।
डानी रोजले ४४औं मिनेटमा गोल गरेपछि घरेलु
टोली टोटेनह्यामले २–१ को अग्रता बनायो।
पहिलो हाफकै इन्जुरी समयमा एन्ड्रोस टाउनसेन्डले
पेनाल्टीमा गोल गरेपछि मध्यान्तरअघि चेल्सी ३–१
ले पछि पर्योा। ग्यारी काहिलले केनलाई
पेनाल्टी बक्समा लडाएपछि टोटेनह्यामले
पेनाल्टी पाएको हो।
केनकै पासमा नासेर चाड्लीले
दोस्रो हाफको सुरुमा गोल गरेपछि टोटेनह्याम ४–१
ले अघि लागेको थियो। त्यसपछि ६१औं
मिनेटमा हाजार्डले गोल गरे। कप्तान जोन टेरीले खेल
सकिन तीन मिनेटअघि गोल फर्काए
पनि त्यो सान्त्वनामा मात्र सीमित भयो।
टेरी प्रियिमर लिगका सर्वकालीन उच्च
गोलकर्ता डिफेन्डर बन्नेतर्फ अगाडि बढिरहेका छन्।
उनको गोलसंख्या ३७ पुगेको छ। उनी डिफेन्सबाट
सर्वाधिक गोल गर्ने डेविन अनवोर्थ (३८) भन्दा एक
गोलले पछाडि छन्।
'मलाई लाग्छ हामीले
रक्षापक्तिमा केही गल्ती गर्यौं ।
त्यसमा केही रक्षकहरूको व्यक्तिगत दोष पनि छ,'
माउरिन्होले भने, 'त्यस बाबजुद खेलाडीले
सक्दो प्रयास गरेकै हुन्। हाम्रो उत्कृष्ट पुनरागमनलाई
पाँचौं गोलले तुहाइदियो।'
त्यसअघि सिटीको बसाइ लम्ब्याउने निर्णय भएकै
दिन लाम्पार्डले दोस्रो हाफमा गएर
सन्डरल्यान्डविरुद्ध टोलीलाई महत्वपूर्ण जित
दिलाएका थिए। लोनमा रहेका लाम्पार्ड
सिजनको अन्त्यसम्म सिटीमा रहने बिहीबार नै
पक्का भएको थियो। नियमित गोलकिपर
जो हार्टलाई बेन्चमै सीमित
गरेको खेलमा याया टाउरे र स्टेभन
जोभेटिकको गोलबाट सिटीले २–०
को अग्रता बनायो। अघिल्लो खेलमा बर्नलीसँग २–
२ को बराबरी खेलेको सिटीविरुद्ध सन्डरल्यान्डले
पनि खेल २–२ को बराबरीमा ल्याएको थियो।
सिटीका पूर्वखेलाडी ज्याक रोडवेल र एडम जोन्सनले
पेनाल्टीमा गोल गरेपछि खेल बराबरीमा पुग्यो।
जोभेटिकको सट्टा मैदान प्रवेश गरेको तीन मिनेटमै
लाम्पार्डले गेल क्लिचीकोे क्रसमा हेड गोल गर।
टोलीका लागि उनको त्यो सातौं गोल थियो।
'मलाई लाग्छ फ्रान्क लाम्पार्ड निकै महत्वपूर्ण
खेलाडी हुन्,' सिटीका प्रशिक्षक म्यानुयल
पेलेग्रिनीले भने, 'अझ गोल अति आवश्यक
भएको बेला उनको बढी खाँचो हुन्छ। तर
पनि हामीले ९० मिनेट स्तरीय प्रदर्शन गर्यौं ।
एउटा गल्तीले पेनाल्टी भयो र त्यसैले
खेलमा बराबरी भएको हो।' बिहीबार
चाँडो सम्पन्न खेलमा तेस्रो स्थानको म्यानचेस्टर
युटाइटेड स्टोकसँग १–१
को बराबरीमा रोकिएको थियो।
आर्सनललाई २–० ले हराउँदै साउथह्याम्पटन
चौथो स्थानमा थप मजबुत बनेको छ। युनाइेटडभन्दा १
अंकले
पछि रहेको साउथह्याम्पटनको पाँचौं स्थानको टोटे
नह्यामभन्दा २ अंक बढी छ। ३४औं
मिनेटमा साडियो मानेले पहिलो गोल गरे भने
डुसान टाडिचले ५६औं मिनेटमा अर्को गोल थपे।
'हामी राम्रो टोली हौं र जुनसुकै
ठूलो टोली हराउन सक्छौं भन्ने आजको नतिजाले
पनि प्रमाणित गरेको छ,'
साउथह्याम्पटनका प्रशिक्षक रोनाल्ड कोइम्यानले
भने, 'सबै चिज सम्भव छ।'
वेस्टह्याम युनाइटेड र वेस्टब्रोमबीच तथा क्विन्स
पार्क रेन्जर्स र स्वान्सी सिटीले समान १–१
को बराबरी खेले। बराबरीपछि वेस्टब्रोमले रेलिगेसन
क्षेत्र छोडेको छ। न्युक्यासल युनाइटेडसँग ३–३
को बराबरी खेलेको बर्नली पुछारबाट
दोस्रो स्थानमा रहेको छ। तीन पटकसम्म
खेलमा पछि परेर पनि बर्नली अंक लिन सफल भयो।
एस्टन भिल्ला र क्रिस्टल प्यालेसले गोलरहित
बराबरी खेलेका छन्। उता २–० को अग्रता जोगाउन
नसकेपछि लिभरपुल
अंकतालिकाको पुछारमा रहेको लिचेस्टर सिटीसँग
अंक बाँड्न बाध्य भयो। स्टेफन जेरार्डले दुवै गोल
पेनाल्टीमा गर्दै लिभरपुललाई पहिलो हाफमा २–०
को अग्रता दिलाए पनि दोस्रो हाफमा डेभिड
नुगेन्ट र जेफ्री सेचलुपले गोल फर्काएका थिए।
आठौं स्थानमा रहेको लिभरपुल
चौथो स्थानको टोलीभन्दा अझै ७ अंकले
पछाडि छ।


0 comments:
Post a Comment