Home » » झारफुकको बाहानामा बलात्कार.....

झारफुकको बाहानामा बलात्कार.....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

झारफूक गर्ने भन्दै एक धामीले
महिलामाथि बलात्कारको प्रयास गरेका छन्। धरान
१६ की एक महिलाले आफूमाथि बलात्कार गरेको भन्दै
प्रहरीमा उजुरी दिएपछि धामीको कर्तुत बाहिर
आएको छ।
झापा घर भई हाल मोरङको उर्लाबारी २
मा अड्डा जमाएर बसेका ३८ वर्षीय
धामी कमलबहादुर सञ्ज्यालले बलात्कारको प्रयास
गरेका हुन्। घटना पुस १५ गतेको हो। उनले धरानमै
झारफुक गर्न आएका बेला आफन्त तथा श्रीमानलाई
केही सामग्री विर्सजन गर्नुपर्छ भन्दै खोलातिर
पठाएर बलात्कार गरेको ती महिलाले प्रहरीमा बयान
दिएकी छन्।
बलात्कारमा परेको थाहा पाएपछि प्रतिकार गर्दै
स्थानीयवासीको सहयोगमा धामीलाई पक्राउ
गरी इलाका प्रहरी कार्यालय
धरानमा बुझाइएको थियो।
महिलाको बच्चा नभएपछि ती धामीलाई
देखाउँदा बच्चा हुन्छ भन्दै छिमेकीहरुले भनेपछि उनलाई
बोलाएर झारफूक गराइएको थियो।
तर, उनले ती महिलामाथि नै बलात्कार गरेका थिए।
'झारफूक गर्ने बाहानामा बलात्कारको प्रयास
गरेको भनी उजुरी आएपछि पक्राउ गरियो।,
इप्रका धरानका डिएसपी सजंयसिंह थापाले भने।
मुद्दा चलिसकेको छ। उनलाई
जर्वजस्ती करणी अन्तर्गत मुद्दा चलाइएको छ।
जर्वजस्ती करणी महलमा उनलाई ५ देखि ७
वर्षसम्मको कैद र क्षर्तिपूर्ति भराउने प्रावधान छ।
उनलाई पीडकको आधा सम्पत्ति क्षतिपूर्ति भराउने
महलमा रहेको डिएसपी थापाले बताए।




भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved