भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं : आगामी माघ ७ गतेदेखि सुरु हुने राष्ट्रिय
लिग फुटबल प्रतियोगिताका लागि थ्रीस्टार क्लब
र मोरङ फुटबल क्लबले सोमबार
खेलाडी दर्ता गरेका छन्। मोरङ र थ्रीस्टारले
दर्ता गरेका खेलाडीमा पुरानै अनुहारले
निरन्तरता पाएका छन्।
राष्ट्रिय लिगको उपाधि चुम्ने
योजना बनाएको थ्रीस्टारले १८
जना खेलाडी दर्ता गरेको छ। टोलीमा राष्ट्रिय
टोलीका खेलाडीको वर्चस्व छ। टोलीमा किरन
चेम्जोङ, सन्दीप राई, एलन न्यौपाने, सन्तोष साहुखल,
जगजित श्रेष्ठ, प्रकाश बुढाथोकी, विक्रम लामा,
सुरेन्द्र गुरुङ, निराजन खड्का र विजय गुरुङ छन्।
प्रदीपविक्रम शाही, विज धिमाल, रजिन धिमाल,
विष्णु गुरुङ, असीमजंग कार्की, सरोज दाहाल, अरुण
तिवारी र अशोक खड्का पनि टोलीमा छन्।
प्रशिक्षकमा अन्जन केसीलाई नै
निरन्तरता दिइएको छ।
यसैगरी 'ए' डिभिजनको मान्यतामा पहिलोपटक
राष्ट्रिय लिगमा सहभागिता जनाउन
लागेको मोरङले पनि पुरानै खेलाडीलाई
प्राथमिकतामा राखेको छ। गत भदौमा सम्पन्न
एन्फा कप नकआउट फुटबल
प्रतियोगितामा सहभागिता जनाएका खेलाडीको
छ।
लिगका लागि १९ जना खेलाडी दर्ता गरेको मोरङले
निशान लिम्बू, पारस लिम्बू, सन्तोष चौधरी, सुनिल
सरदार, विशाल तामाङ, विष्णु चौधरी, निरज बस्नेत,
अनिल धिमाल, रोमन दनुवार, ईश्वर गिरी, सागर
शर्मा र विष्णु लिम्बू छन्।
बुद्धि राई, मोहन कटुवाल, कोमल खवास, संजोग
लिम्बू, प्रकाश तामाङ, अनिल धामी र विवेक
मगरलाई पनि टोलीमा स्थान दिइएको छ।
प्रशिक्षकमा पारस चौधरी रहेका छन्।
राष्ट्रिय लिगका लागि आयोजक अखिल नेपाल
फुटबल संघ (एन्फा) ले टोलीमा कम्तीमा दुई
गोलरक्षकसहित १८ जना खेलाडी दर्त गर्नुपर्ने
प्रावधान राखेको छ। होम एन्ड
अवेका आधारमा सञ्चालन हुने लिगको पुरस्कार
राशि दुई करोड ५० लाख रुपैयाँ रहेको छ।
लिगको विजेता टोलीले एक करोड रुपैयाँ पुरस्कार
प्राप्त गर्नेछ। यसैगरी उपविजेता, तेस्रो र चौथो हुने
टोलीलाई बाँकी रकम मिलाएर प्रदान गरिने
एन्फाले जनाएको छ। उत्कृष्ट विधाका खेलाडी र
प्रशिक्षकले समेत आकर्षक पुरस्कार हात पार्ने
बताइएको छ।

0 comments:
Post a Comment