Home » , » बलात्कारको आरोपमा कुखुराको भालेलाई जेल ....

बलात्कारको आरोपमा कुखुराको भालेलाई जेल ....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


पुरुसले महिलामाथि यौन दुब्र्यवहार र हिंसा गरेको
 आरोपमा जेल सजायँ भोग्नुपरेका घटना सामान्य
हुन् ।तर,कुखुराको भालेले पोथीमाथि यौन
हिंसा गरेको आरोपमा जेल हाल्न भन्दै
प्रहरीकोमा उजुरी पर्नु असामान्य हो । तर,
भारतको उत्तर प्रदेशमा यस्तै घटना भएको छ ।
सुन्दा आश्चर्य र अचम्म लाग्ने
यस्तो घटना भारतको उत्तरप्रदेश स्थित
लखिमपुरमा भएको छ । पछमेकीको कुखुराले
आफ्नो पोथी कुखुरामाथि बारम्बार यौन
हिंसा गरेको आरोप सहित कुखुरीका मालिक
इश्वरदिन र उनकी पत्नी रामगुनीले
प्रहरी चौकीमा उजुरी हालेका छन् । गत
हप्ताको यो घटना पछि प्रहरी पनि अनौठो फन्दामा परेको छ
। उनीहरुले।उजुरीमा आफ्नो कुखुराको पोथीलाई
छिमेकीको भालेले जिस्क्याउने र
जवरजस्ती यौन सम्पर्क गर्ने गरेको आरोप
लगाएका छन् ।
प्रहरीमा उजुरी परेपछि चौकीका इन्चार्ज
आरके यादवले कारबाही गर्ने आश्वासन
दिएका छन् । तर, उनले भालेलाई के
कारबाही गर्ने भनेर निक्र्यौल गर्न सकेका छैनन ।
भारतमा यस अघि पनि यस्ता उजुरीहरु
प्रहरी चौकी र अदालतसम्म पुगीसकेका छन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved