भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
एउटा स्टारको फिल्मप्रति दर्शकको प्रतिक्षा र
अपेक्षा अरु भन्दा बढी नै हुन्छ ।
जसरी बलिउडमा तीन खानको हुन्छ, त्यस्तै क्रेज
नेपालमा नायिका रेखा थापाको छ ।
रेखाका फिल्महरु हेर्न दर्शक उर्लिएको उदाहरणहरु
हामीले नपाएका होइनौँ । तर प्रसंग हो, सविर
श्रेष्ठ निर्देशित फिल्म ‘तथास्तु’ को जुन यही पौष
२५ अर्थात शुक्रवारदेखि देशव्यापी प्रदशर्नमा आउँदैछ ।
फिल्ममा रेखा मुख्य कलाकार रहेकी छिन् ।
उनीसंगै किशोर खतिवडा, सुवास थापा र
विज्ञान जोशी पनि मुख्य भुमिकामा छन् ।
गएको असोजमा रिलिज भएको फिल्म ‘हिम्मतवाली’ सम्म
आइपुग्दा देखिएको रेखाको त्यो क्रेज ‘तथास्तु’ ले
निरन्तरता देला कि नदेला भन्ने
चर्चा पनि यहाँ भइरहेको छ । ‘तथास्तु’ संगै अन्य दुई
फिल्म पनि प्रतिष्पर्धामा आएको अवस्था छ ।
यो अवस्थामा ‘तथास्तु’ लाई कसैले चल्छ भन्लान्,
कसैले चल्दैन् भन्लान्, कसैले चल्नुपर्छ भन्लान् तर
हामीले चल्न सक्ने पाँच कारणहरु खोतल्ने प्रयास गरेका छौं :–
१) रेखा र सविरको ‘हिट कम्बिनेशन’
यो जोडी त्यो जोडी हो जसले ‘कसले
चार्यो मेरो मन’ र ‘काली’ जस्ता हिट फिल्महरु
नेपाली सिने नगरीमा दिएर आफुलाई स्थापित
गराइसकेको छ । रेखाको अभिनय र
सविरको निर्देशनमा बनेका ति फिल्महरुले
दर्शकलाई मनोरञ्जन मात्र दिलाएनन्, त्यो संगसंगै
समाजमा केही सन्देश पनि छोडेर गए ।
यि जोडीको ‘हिट कम्बिनेशन’ लाई आधार मान्ने
हो भने ‘तथास्तु’ पनि राम्रै बनेको छ र चल्न सक्छ
भन्ने आशा राख्न सकिन्छ ।
२) रेखाको आफ्नै स्टारडम
हो, अर्को फिल्म चल्न सक्ने मुख्य कारण नै
रेखा थापाको ‘स्टारडम’ हो । भन्ने गरिन्छ–
‘रेखाको फिल्म राम्रो होस् या नहोस्, दर्शक
एकपटक कस्तो छ भनेर पनि हेर्न जान्छन् । ’ लगातार
पाँच वर्षदेखि रेखा नारी प्रधान फिल्महरुलाई
मात्र प्राथमिकता दिँदैछिन् ।
उनको फिल्महरुमा नारी आवाज,
नारी शसत्तिकरण र नारी सन्देश पाइने गरिन्छ ।
त्यसैले रेखाका फ्यान पुरुषमात्र नभएर महिलाहरु
पनि धेरै छन् । प्रचार गरिए अनुसार ‘तथास्तु’ ले
पनि महिला हिंसा र बलात्कारको विरुद्ध
ठुलो सन्देश बोकेको छ । यस अर्थमा ‘तथास्तु’ हेर्न
रेखाका धेरै जसो फ्यान हलसम्म जान्छन् भन्ने
आशा राख्न सकिन्छ ।
३) ‘स्क्रिप्ट’ नै तथास्तुको हिरो !
चल्तीका ‘स्क्रिप्ट राइटर’ को नाम लिँदा नछुट्ने
नाम हो ‘जगदिश्वर थापा’ । उनकै स्क्रिप्ट
हो ‘तथास्तु’ पनि । महिला हिंसा र
बलात्कारको मुद्धालाई यस फिल्मले
उठाएको निर्देशकले बताउँदै आएका छन् । निर्देशक
श्रेष्ठले ‘तथास्तु’ को हिरो ‘स्क्रिप्ट’ हो र
स्क्रिप्टको हिरो रेखा हो भनेर दिएको वत्तव्य
अहिले चर्चामा समेत छ । पछिल्लो समय
‘बलात्कार’ एउटा गम्भिर समस्या समेत
बनेको अवस्था छ । यो अवस्थामा ‘तथास्तु’ ले
बोकेको यो मुद्धालाई दर्शकले रुचाउने विश्वास
समेत लिन सकिन्छ । सविरले रेखालाई नै हेरेर
यो स्क्रिप्ट बनाएको समते बताएका छन् ।
४) होम प्रोडक्शन बाहिर पहिलोपटकnरेखा यस्तो प्रमोशनमा !
होम प्रोडक्शन बाहेक
अन्यको फिल्मको प्रमोशनमा त्यती नहिड्ने रेखाले
यसपटक पुर्ण रुपमा साथ दिइरहेकी छिन् । रेखाले
अहिले पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाईन
मिडियामा अन्तरवार्ता दिन र ‘तथास्तु’
को प्रमोशनमा हिड्न कुनै पनि कन्जुस्याई
गरेकी छैनन् । रेखाले आफ्नै ब्यानरको फिल्म जस्तै गरेर
‘तथास्तु’ को प्रमोशनमा हिड्नुले पनि फिल्म चल्न
सक्ने सम्भावनालाई प्रवल बनाईदिएको छ ।
५) चर्चामा ‘तथास्तु’ का गीत र ट्रेलर
जुन फिल्मको संगीत पक्ष बलियो हुँदैन, त्यो फिल्म
चल्दैन भन्नेहरुको भिडबाट ‘तथास्तु’ बचेको छ ।
‘तथास्तु’ को सार्वजनिक दुई गीतहरु अहिले
चर्चामा छन् । यस फिल्मको ‘कहिले माया स्याड
फेश’ बोलको गीत अहिले सर्वाधिक रुचाइएको छ ।
युट्युबमा पनि यो गीतको दर्शक झण्डै दुई लाख
पुगिसकेका छन् । ‘तथास्तु’ को ट्रेलरले
फिल्मप्रति आशा जगाएको छ । अर्को भर्खरै
सार्वजनिक ‘फुलको रंग झिके हुन्छ’ बोलको गीतले
पनि छोटो समयमै दर्शकको मन जितेको छ ।
बलियो गीतसंगितका कारण पनि ‘तथास्तु’ चल्न
सक्छ ।
0 comments:
Post a Comment