भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
अफ्रिकालाई विश्वको चिडियाखाना त्यसै
भनिएको होइन । यहाँ जैविक विविधताको उच्चतम
रुप मात्र होइन मानवीय विविधता पनि पाइन्छ ।
यहाँका कतिपय आदिवासी जनजातिहरुको संस्कार
तथा रितिथितिका बारेमा सुन्दा पनि अनौठो
लाग्छ ।.अफ्रिकाको केन्या, इथिओपिया तथा सोमालिया लगायतका देशमा झण्डै ५ लाखको संख्यामा बसोबास गर्ने बोराना आदिवासी पनि यस्तै अनौठो तथा रोचक आदिवासी समुदाय हो ।
अनौठो यस अर्थमा की यो समुदायका अविवाहित
कन्याहरुको शिर मुण्डन गरिन्छ । विवाह
नभएका युवतीहरुको टाउकाको मध्य
भागमा गोलो आकारमा कपाल खौरिने चलन छ ।
अविवाहित कन्याहरुको यसरी बिचपाटे
मुडेमा उनीहरुले राम्रो वर पाउने र घरबार
पनि राम्रो हुने मान्यता यो आदिवासी समुदायमा रहेको छ । विवाह अघिसम्म यो आदिवासी समुदायका कन्याहरुमा आफ्नो कपालमाथि पूर्ण अधिकार हुँदैन भनेपनि हुन्छ । अभिभावकहरुले छोरीको सफल दाम्पत्य जिवनको लागि भन्दै छोरीको कपाल बीच
भागमा खौरिदिने तथा अन्य भागको कपाल
पनि खासै लामो बढ्न दिँदैनन् । विवाहपछि मात्र
युवतीहरुले आफ्नो कपाल आफुखुसी बनाउन पाउँछन् । विवाहपछि भने युवतीहरुले आफ्नो कपाललाई चमकदार तथा नरम बनाउनका लागि घिउ लेपन गर्दछन् । अर्को रोचक कुरा त के भने यो समुदायका मानिसहरुले फोटो खिचाउन आनाकानी गर्छन् ।
फोटो खिच्दा जिउको रगत कम हुन्छ भन्ने विश्वास
यिनीहरुमा छ ।
0 comments:
Post a Comment