Home » » भाग्य जगाउने भन्दै छोराहरुले दिए आमाको बली

भाग्य जगाउने भन्दै छोराहरुले दिए आमाको बली

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

मुम्बई – भारतको महाराष्ट्र राज्यको नासिक
शहरमा एउटा निकै भयानक घटना सार्वजनिक
भएको छ । अन्धविश्वासमा फसेर आफ्नो भाग्योदय
गर्ने उद्देश्यका साथ दाजुभाइले
आफ्नी आमाको बलि दिएका छन् । पुलिसले
अक्टोबरमा भएको हत्याको विषयमा छानबिनको क्रममा दुईजना दाजुभाइसहित
अन्य दशजना मानिसहरुलाई पक्राउ गरेको छ ।
तान्त्रिकको बहकाउमा आएः पुलिसका अनुसार
काशीनाथ र गोबिन्दा डोरे आफ्ना स्थितीसँग
खुसी थिएनन् र उनीहरुले महिला तान्त्रिक
बच्ची बाई नारायण खडके (४२) को बहकाउमा आएर
यो घृणित अपराध गरेका हुन् । तान्त्रिकले
उनीहरुको भाग्योदयका लागि आफ्नी आमा र
बहिनीलाई बलि दिनुपर्ने बताएकी थिइन् ।
तान्त्रिकले ती दाजुभाइलाई
उनीहरुकी आमा बोक्सी भएको जसले
उनीहरुको उन्नती –प्रगती खोसिरहेको बताइन् ।
यसबाट बचाउनका लागि आमा र बहिनीलाई आफू
भएको ठाउँमा ल्याउन तान्त्रिकले आदेश दिइन् ।
केहि गरेर ती दाजुभाइले आफ्नी आमा बुद्धाबाई र
बहिनी राहीबाईले पिङ्लेलाई त्यहाँ लिएर गए
जहाँ उपचारको नाममा उनीहरुलाई चरम
यातना दिइएको मिड डे ले बताएको छ । उनीहरु
दुबैलाई खाना र पानीबाट वञ्चित गरि शरिरिक
रुपमा अशक्त बनाइएको थियो । दुई दिन पछि,
बच्चीबाईले बुद्धाबाई र राहीलाई नाङ्गो बनाई
बुद्धाबाईको आँखा निकाली उनलाई
ती दाजुभाइको अगाडि मारिएको एक पुलिस
अधिकारीले मंगलबार जानकारी दिएको छ । निकै
डराएकी र नग्न राही केहि गरेर त्यहाँबाट भाग्न सफल
भइन् । घरसम्म पुग्नको लागि उनले ४०
किलो मिटरको यात्रा गरेको बुझिएको छ ।
पछि उनले केहि स्थानीयको सहयोगमा उक्त
घटनाको जानकारी पुलिसलाई दिन सफल
भएकी थिइन् । बच्चीबाइको घरमा खोजतलास
गर्दा अरु दुई लासहरु पनि बरामद गरिएको पुलिसले
जानकारी दिएको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved