भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
पपस्टार जेनिफर लोपेजले कानुनी रूपमा आफ्नो नाम बदलेकी छिन। पछिल्लो दशवर्षदेखी जेनिफर लोपेजको कानुनी नाम जेनीपर मुनिज थियो। उनको यो नाम उनका पूर्व पतिको नामको आधारमा राखिएको थियो।
४५ वर्षीय यी गायिका एवम अभिनेत्रीले सन २००४ मा मार्को एन्थोनीसँग विवाह गरेपछि आफ्नो थर परिवर्तन गरेकी थिइन। ‘टिएमजे’ अनलाइनका अनुसार गत ३१ डिसेम्बरदेखी जेनीफरले नाम बदलेकी छिन। मार्क र जेनीफर सन २०११ मा एकअर्कासँग छुट्टिसकेका छन।

0 comments:
Post a Comment