भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
दोहा (कतार), पुस २० - कतारको पुनरावेदन
अदालतले स्याङ्जाका कुशल कार्कीलाई
मृत्युदण्डको सजाय दिने
तल्लो अदालतको फैसलालाई सदर गरेको छ । मार्च
३१ तारिखमा 'क्रिमिनल कोर्ट'ले
मृत्युदण्डको फैसला गरेपछि कार्की पुनरावेदन
गएका थिए । 'पुनरावेदनले पनि मलाई मुत्युदण्ड दिने
फैसला सुनायो,' कार्कीले भने । २०१२
अक्टोबर २० मा महोत्तरीका मोहम्मद इर्शाद
अन्सारीको हत्या गरेको अभियोगमा कार्कीलाई
अदालतले दोषी ठहर गरेको हो ।
नेपाली दूतावासले यसअघि नै अदालतले
मृत्युदण्डको सजाय सुनाएकोबारे परराष्ट्र
मन्त्रालयलाई जानकारी दिइसकेको थियो ।
कार्यवाहक राजदूत गणेशप्रसाद ढकालले पीडक र
पीडित दुवै नेपाली भएकाले परिवारहरूबीच
सहमति गराउन आवश्यक रहेको बताए । 'पीडक र
पीडित दुवै नेपाली हुन् । दुई परिवारबीच
मेलमिलाप भएमा सजाय कार्यान्वयन हुँदैन, उनले भने,
'सम्बन्धित पक्षबीच
मेलमिलापको प्रक्रिया अगाडि बढाउन हामीले
माथिल्लो तहमा भनिसकेका छौं ।'
अन्सारीका परिवारले भने माफी दिन
चाहेका छैनन् । कुशलले
आफ्नो परिवारमार्फत पीडित परिवारलाई
मनाउन आग्रह गरेको बताए । 'मबाट गल्ती भयो ।
यसमा मेरो पश्चाताप छ,' उनले भने, 'पीडित
परिवारको तर्फबाट मलाई माफी दिन अपिल गर्छु।'
सामान्यतया कतारको कानुनअनुसार पीडित
परिवारले पीडक पक्षबाट
दिइएको ब्लडमनि स्वीकार
गरेको खण्डमा माफी दिन सकिन्छ ।
यहाँ ब्लडमनिबापत दुई लाख रियाल -५२ लाख
रुपैयाँ) दिइने नियम छ । कतार आएको तीन
महिनामै उनी हत्या अभियोगमा पक्राउ
परेका थिए । तलब र काम
नदिएको रिसमा आबेगमा आई कार्कीले
कम्पनीका सुपरभाइजर अन्सारीमाथि चक्कु प्रहार
गरी हत्या गरेका थिए । कतारमा नेपालीले
नेपालीकै हत्या गरेको अभियोगमा अरू आधा दर्जन
मुद्दामाथि छानबिन भइरहेको छ ।
ती हत्याको अभियोग लागेका नेपालीहरू
यहाँको केन्द्रीय कारागारमा थुनामा छन् ।
ओलीलाई दुई वर्ष मिनाहा
बालिकालाई छोएको अभियोगमा तीन वर्ष
सजाय पाएका रोल्पाका झक्कुप्रसाद ओलीलाई
यहाँको पुनरावेदन अदालतले दुई वर्ष कैद
मिनाहा गरिदिएको छ । कतारको साउदीय
हाइपरमार्केटमा सेल्सम्यानको काम गर्दै
आएका पाखापनी-९, रोल्पाका ३० वषर्ीय
ओलीलाई बालिकालाई
छोएको अभियोगमाथि जुन २१
तारिखमा तल्लो अदातलले तीन वर्षको सजाय
सुनाएको थियो । उनलाई गत मार्च १६
तारिखमा मार्केटबाटै पक्राउ गरिएको थियो ।
पुनरावेदन अदालतको फैसला भएलगत्तै ओलीले
भने, 'अब मार्चसम्म
जेलमा बसेपछि र्फकन पाउनेछु ।'
तल्लो अदालतको आदेशविरुद्ध पुरावेदनमा अपिल
गर्न ओलीलाई नेपाली दूतावासले
वकिलको व्यबस्था गरिदिएको थियो । उनले
हाइपरमार्केटमा बेसार झिक्ने
क्रममा बेसारको प्याकेट खसेर बालिकालाई
लागेको बताए । स्थानीय महिलाले भने उनले
बालिकालाई छोएको भन्दै
ओलीमाथि मुद्दा दायर गरेकी थिइन् ।

0 comments:
Post a Comment