भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
झापा । झापामा एक ब्यक्तिले श्रीमतीले आफुसँग यौन सम्पर्क राख्न नमानेको भन्दै मुड्कीले हानेर
उनको हत्या गरेका छन् । जिल्लाको कन्काई
नगरपालिका ७ सुरुङ्गा चप्रामारीका २७ वर्षिय
उमानाथ गहतराज विश्वकर्माले २३ वर्षया मन्जू
गहतराजलाई मुड्कीले हिर्काएर हत्या गरेका हुन् ।
यौन सम्पर्क गर्न नमानेकै कारण
श्रीमतीको हत्या गरेका उमानाथलाई
ईलाका प्रहरी कार्यालय सुरुङ्गाले पक्राउ गरेको छ ।
कालगतीले मृत्यु भएको भनि कन्काई
नदीमा दाहसंस्कार गर्न लागिएको प्रहरीेले
उमानाथलाई पक्राउ गरेर लास जलाउन नदिइ
अनुसन्धान गर्दा यस्तो रहस्य खुलेको हो ।
मन्जूका माईतीपक्षले उजुरी गरे पछि दाहसंस्कार गर्न
लागिएको शव परीक्षणका लागि मेची अञ्चल
अस्पताल पुर्याइएको थियो ।
प्रहरी नियन्त्रणमा रहेका उमानाथले
राती आवेशमा आई छातीमा मुड्कीले हानेको र
घट्ना स्थलमानै उनको मृत्यु भएको बताएको प्रहरीले
जनाएको छ । प्रहरीसंगको बयानमा उमानाथले राती आफुले यौन सम्पर्क गर्न खोजेपनि श्रीमतीले
नमानेपछि आवेशमा छातीमा मुड्कीले
हान्दा ओछ्यानमै ढलेर मृत्यु भएको बताएका छन् ।
0 comments:
Post a Comment