Home » , » कम्पनीले ढाँटेपछि सय नेपाली कामदार आन्दोलित...

कम्पनीले ढाँटेपछि सय नेपाली कामदार आन्दोलित...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

मलेसिया : कम्पनीले सुविधा कटौती गरेको भन्दै
नेपाली श्रमिक आन्दोलनमा उत्रिएपछि मलेसियाको पोर्ट
केलाङ्गस्थित एक कम्पनीको काम ठप्प भएको छ । सेलेङ्गर
राज्यको पोर्टकेलाङ्गमा रहेको मेडिप्रो कम्पनीमा
नेपाली श्रमिकले कम्पनीबाट उपलव्ध सेवा र
सुविधा कटौती गरेको भन्दै आन्दोलनमा उत्रिएका हुन।
केहि दिनअघि कम्पनीले
सेवा सुविधा कटौती गरेको भन्दै आन्दोलन
उत्रिएका उनीहरुलाई कम्पनी व्यवस्थापनले माग
पुरा गराउने आश्वासन
दिएपछि काममा फर्किएका थिए ।
कम्पनीले आश्वसन दिएपछि माग पुरा हुने
आशमा काममा फर्किएका उनीहरुमध्ये
आन्दोलनको अगुवाई गर्ने ३० जनालाई कम्पनीले
नेपाल फर्काउन खोजेपछि उनीहरुले पुनः हड्ताल
गरेका हुन् ।कम्पनी व्यावस्थापनले शुक्रबार
नेपाली श्रमिकका माग पूरा गर्न नसक्ने जनाउँदै
आन्दोलनमा सहभागी ३० जनालाई नेपाल फर्काउने
सुचना दिएपछि पुनः हडतालमा थालेको कैलालीका
जानकारी दिए ।
कम्पनीले नेपाली श्रमिकका माग पूरा गर्नुपर्ने र
सबैजनालाई एकै पटक नेपाल पठाउनुपर्ने माग गर्दै
शुक्रबार दिउँसोबाट काम ठप्प
पारेको नेपाली श्रमीकले जानकारी दिए ।
नेपाली कामदारले ओभरटाइम दिनुपर्ने र उपचार खर्च
कम्पनीले व्यहोर्नुपर्ने लगायतका माग गर्दै
हड्तालमा उत्रिएका हुन् । सो कम्पनीमा एक सय तीन
नेपाली श्रमिक कार्यरत छन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved