भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौ । अमेरिकाले
उत्तर कोरियाका ३ संगठन र अन्य १०
निजी कम्पनीमाथि प्रतिबन्ध लगाएको छ ।
कोरियाली सर्वोच्च नेता किम जोङ उनबारे सोनी पिक्चर्सले
व्यंग्यात्मक चलचित्र बनाएपछि कोरियाली नेता उनले
सोनीको यो कार्यले ठूलो मूल्य चुकाउनुपर्ने
चेतावनी दिएका थिए ।चलचित्रको प्रचारात्मक
भिडियो सार्वजनीक भएको केहि दिनमै
सोनीको वेवसाइड ह्याक गरिएको थियो ।
उत्तर कोरियाले आफुले सोनी माथी साइबर
आक्रमण नगरेको बताउदै आएपनि अमेरिकाले भने
उत्तर कोरियालाई नै दोषी ठहर गरेको छ ।
ह्वाइट हाउसले उत्तर कोरियाको गुप्तचर संगठन
द रेकेनाइजेन्स जेनेरल ब्युरो लगायतका तीन
संगठनमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकाले
साइबर अपराध बिरुद्ध कुनै देशमाथी प्रतिबन्ध
लगाएको यो पहिलो पटक हो ।
एजेन्सीको सहयोगमा

0 comments:
Post a Comment