भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
ऐश अन्सारीः
‘चलते चलते’ र ‘ओम शान्ती ओम’
जस्ता ठूला फिल्महरुमा काम गरिसकेकी दक्षिण
भारतीय नायिका ऐश अन्सारीलाई सन् २०१३
नोभेम्बर ५ तारिकका दिन देह व्यापार
गरिरहेको अवस्थामा पक्राउ गरिएको थियो ।
जोधपुरको राइकाबाग रोडस्थित एक होटलमा अन्य
तीन महिलाहरुको साथमा उनलाई पक्राउ
गरिएको थियो । ऐश अन्सारीसँग
जोडिएको यो सेक्स र्याकेट अनलाइन सञ्चालन हुने
गरेको बताइएको छ ।
सायरा बानूः
हैदराबादमा सन् २०१० अगस्ट २३ तारिखका दिन
एउटा ठूलो सेक्स र्याकेटको भण्डाफोर
भएको थियो । यो र्याकेटमा बलिउडकी निकै
चर्चित नायिकाहरुलाई रंगेहात पक्राउ
गरिएको थियो । देहव्यापारमा संलग्न ९
जना मानिसहरुलाई पक्राउ गर्न पुलिस सक्षम
भएको थियो जसमा दुईजना नायिकाहरु थिए ।
यीमध्ये एक थिइन् साउथकी सहायक
नायिका सायरा बानू । उनीसँगै
उज्बेकिस्तानकी एक महिलालाई पनि पक्राउ
गरिएको थियो ।
श्रावणीः
तेलुगु धारावाहिक ‘हिमाबिन्दु’ र ‘लाया’ मा काम
गरिसकेकी नायिका श्रावणीलाई एक हाई–
प्रोफाइल सेक्स र्याकेटमा सन् २०१३ मा अक्टोबर ३
तारिखका दिन पक्राउ गरिएको थियो । उनीसँगै
जयराल स्टिलका मालिक संजन कुमार गोयनलाई
पनि पक्राउ गरिएको थियो । घटनास्थलबाट
पुलिसले २ लाख नगद पनि बरामद गरेका थियो ।
भुवनेश्वरीः
थुप्रै तमिल फिल्म र धारावाहिकहरुमा काम
गरिसकेकी भुवनेश्वरीलाई पनि देह व्यापारमा संलग्न
भएको आरोपमा पक्राउ गरिएको थियो । सन् २००९
मा भुवनेश्वरीलाई चेन्नई मा दुई भारतीय
महिलाहरुसहित देह व्यापार
गरिरहेको अवस्थामा पुलिसले पक्राउ गरेको थियो ।
भुवनेश्वरीमाथि आफ्नै अपार्टमेन्टमा सेक्स र्याकेट
चलाएको आरोप छ । यी नायिकाका छिमेकीले
केहि गलत भइरहेको आशंकामा पुलिसलाई
सो कुराको जानकारी पछि उक्त घटना पर्दाफास
भएको हो ।
ज्योतिः
दक्षिण भारतीय अभिनेत्री सायरा बानू जुन सेक्स
र्याकेटमा पक्राउ परेकी थिइन् त्यसमा ज्योति पनि संलग्न थिइन् । सन् २०१३ अगस्ट २३ मा पुलिसको अनुसन्धानमा दुबै नायिकाहरु रंगेहात पक्राउ परेका थिए ।
किन्नराः
अर्की दक्षिण भारतीय अभिनेत्री किन्नरालाई
पनि सेक्स ब्रोकरको आरोप लागेको थियो ।
यसको खुलासा एउटा न्यूज
च्यानलको स्टिंगमा गरिएको थियो । फिल्म
निर्माता र निर्देशकहरुलाई प्रलोभनमा पारेर उनले
थुप्रै फिल्ममा अभिनय गरेको उनीमाथि आरोप
लागेको छ ।
यमुनाः
चर्चित अभिनेत्री यमुनालाई बैंगलोर पुलिसले
उनको कथित सेक्स र्याकेटमा संलग्न
भएको आरोपमा पक्राउ गरियो । पुलिसले
बैंगलोरको बिट्ठल माल्या रोडमा स्थित एक
होटलबाट यमुनालाई पक्राउ गरेको थियो ।
श्वेता बसु प्रसादः
इकबाल फिल्ममा अभिनय गरेकी श्वेता बसु
प्रसादलाई सेक्स र्याकेटमा लिप्त
भएको आरोपमा रंगेहात पक्राउ गरिएको थियो ।
पक्राउ पछि नायिकाले आफ्नो अपराध स्विकार
गरेकी थिइन् । श्वेताले सन् २००२ मा विशाल
भारद्वाजको फिल्म ‘मकडी’
मा दोहोरो भूमिका निर्वाह गरेकी थिइन्
त्यतिबेला उनी ११ वर्षकी थिइन् ।
यो फिल्ममा आफ्नो अभिनयको लागि श्वेताले ‘बेस्ट
चाइल्ड आर्टिस्ट’ नेशनल अवार्ड पनि हात
पारेकी थिइन् ।
निहारिकाः
दक्षिण भारतकी अर्की नायिका पनि देशव्यापारमा रंगेहात पक्राउ परेकी छिन् । निहारिकाले
केहि फिल्महरुमा जूनियर आर्टिस्टको रुपमा काम
गरिरहेकी छिन् । निहारिका एक ज्वेलरसँगै रंगेहात
पक्राउ परेकी छिन् । निहारिकाले आफूलाई
फिल्ममा अफर आइरहोस् भन्ने उद्देश्यले सेक्स
र्याकेटमा संलग्न भएको बताइन् ।
मिस्टि मुखर्जीः
सन् २०१४ को जनवरीमा मुम्बईमा एक
आइएएसको फ्ल्याटमा भएको छापामारीमा यी हाई
प्रोफाइल सेक्स र्याकेटको भण्डाफोर
भएको थियो । छापामारका दौरान ब्लू
फिल्मका करिब १ लाख ५० वटा सिडिहरु बरामद
गरिएको छ । पूरै घटनाको विषयमा निकै सनसनीपूर्ण
खुलासा भएको थियो । छापामारीमा दौरान
मिस्टिलाई निकै आपत्तिजनक
अवस्थामा भेटिएको थियो ।
0 comments:
Post a Comment