Home » » साउदी अरबमा ३०० नेपाली युवा आन्दोलनमा.....

साउदी अरबमा ३०० नेपाली युवा आन्दोलनमा.....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

खाडी मुलुक साउदी अरबमा रोजगारीका लागि पुगेका नेपाली युवा कम्पनी भित्रै
आन्दोलन गर्न बाध्य भएका छन् ।
साउदीको हाप्को कम्पनीमा कार्यरत युवाहरु आन्दोलित बनेका हुन् ।
लामो समय सम्म काम गरेर पनि कम्पनीले तलब
नदिएपछि कम्पनी प्रशासन समक्ष
कुरा राख्दा नेपाली राहदानी सहित अकमा आइडी (आन्तरिक
परिचयपत्र) समेत जफत गरिदिएपछि उनीहरुलाई बन्धक बनाइएको हो ।
अहिले कम्पनीमा कार्यरत झण्डै तीन सय नेपाली युवाहरुलाई कम्पनीले
एकै ठाउँमा राखेर बाहिर निस्किन समेत नदिएको साउदीबाट
फोनमार्फत गोपाल पुर्जाले जानकारी दिए ।
म्याग्दीको दोबा घर भएका पुर्जा लगायत बागलुङ पर्वत सँगै
नेपालका अन्य जिल्लाका झण्डै ३ सय युवाहरु अहिले
विलखबन्दमा परेका छन् । साउदी अरव स्थित नेपाली राजदुताबास
सँग समस्या जानकारी गराएपनि आउँछु भन्दै टार्दै
गरेको गुनासो पुर्जाले गरे ।
एक पटक कम्पनीमा आएर सामान्य सोधपुछ गरेको तत्पश्चात्
हाम्रो अनुरोध लाई सुनुवाई नगरेको उनले बताए । उनी २९
महिना अघि बैदेशिक रोजगारको शिलशिलामा त्यहाँ पुगेका हुन् ।
उनी सँगै ३ बर्ष अघि साउदी पुगेका युवाहरु समेत सँगै रहेका छन् ।
पारिश्रमिक माग्दा नदिएपछि आफुहरुलाई जन्मभूमि फर्काइदिन
आग्रह गर्दा समेत कम्पनीले बेवास्ता गरेको र राजदुताबासले समेत
सुनुवाई नगरेको भन्दै सहयोग गरिदिन सरोकारवाला निकाय समक्ष
आग्रह गरेका छन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved