भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
न्युयोर्क, माघ १८ – रियालिटी शो स्टार
तथा मोडल किम कर्दासियनका पिता ब्रुस जेनरले
लिंग परिवर्तन गरेर महिला बन्न लागेका छन् ।
पूर्व ओलम्पियन समेत रहेका जेनरले लिंग परिवर्तन गर्ने
हल्ला पहिले नै चलेपनि अहिले आएर त्यसलाई
पारिवारिक स्रोतले पनि पुष्टि गरेको छ ।
२३ वर्षको वैवाहिक जीवनपछि जेनर र पत्नी क्रिसले
गत महिनामात्र सम्बन्ध विच्छेद गरेका थिए ।
चार महिनाअघि देखि उनले लिंग परिवर्तन गर्न
लागेको समाचारहरु बाहिर आएको थियो ।
नेलपोलिस लगाएर गाडी चढिरहेको तस्विर बाहिर
आएपछि यो हल्ला झन् फैलिएको थियो ।
यसबारेमा परिवारले खुला रुपमा केही नबोले
पनि आफ्ना पिताको निर्णयको समर्थनमा रहेको
बताएका छन् । तोरी क्लोह कर्दासियनले
‘तपाईंमाथि भरोसा छ’ भनेर ट्वीटरमा उल्लेख
गरेकी छिन् ।
त्यस्तै किमले पनि इन्टरटेन्मेन्ट टुनाइटलाई
अन्तरवार्ता दिँदै आफ्ना पिता खुसी रहेको र
उनको ‘यात्रा’ को बारेमा उनी आफै तयार
भएपछि जानकारी दिने बताएकी छिन् ।

0 comments:
Post a Comment