भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
हालै गरिएको एक अध्यनले महिलाको प्रजनन
क्षमता सम्बन्धी अनौठो तथ्य सार्वजनिक गरेको छ ।
डेली मेलको अनलाइन संस्करणमा प्रकाशित एक रिपोर्टका अनुसार
बढी मेकअप गर्ने महिलालाई सन्तान उत्पादनमा समस्या हुने
देखाएको छ ।मेकअपका प्रसाधनमा हुने रसायनका कारण महिलालाई
प्रजननमा समस्या हुने शोधको दावी छ ।
कस्मेटिक मात्र नभएर शौचालयमा प्रयोग हुने रसायन र अन्य
प्याकेजका खानेकुराले समेत प्रजनन् क्षमतामा प्रतिकुल असर पार्ने
शोधकर्ताहरुले बताएका छन् ।
शोधकर्ताहरुले ३१ हजार ५ सय ७५ महिलामाथि यो अध्यन गरेका थिए
। जसमा १ सय ११ प्रकारका रसायनले गर्ने असरबारे अध्यन
गरिएको थियो ।अध्यनका क्रममा लिपिष्टिक, नङ लगाउने पालिस हटाउने रसायन,
बडी वास, हेयर केयर प्रसाधन लगायतका रसायनले प्रजननमा असर पार्ने
पाइएको रिपोर्टमा उल्लेख छ ।

0 comments:
Post a Comment