भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
इराक, माघ १८– इराकका एक वृद्ध व्यक्तिले आइतबार प्रान्तीय राजधानी टिक्रिटमा इस्लामिक स्टेट (आइएस) का सात लडाकूको गोली हानी हत्या गरेका छन् । इराकको उत्तरी भागमा पर्ने मध्य प्रान्त
सलाहुदिनमा आइएसद्वारा हत्या गरिएको आफ्ना
छोराको हत्याको बदला लिनको लागि उनले
सो हत्या गरेको प्रान्तीय सुरक्षा स्रोतले
जनाएको छ । प्रान्तीय राजधानी टिक्रिटको एक
जाँचचौकीमा आइतबार बिहान बासिल रमादान
नामक ६० वर्षीय ती व्यक्तिले आइएस लडाकू समूहकै एक एके–४७ बन्दुक खोसेर सात
लडाकूको गोली हानी हत्या गरेका जनाइएको छ ।
आइएस लडाकूले रमदानलाई गोली हानी हत्या गर्नु
अगाडिनै उनले सात लडाकूको हत्या गरेको सुरक्षा स्रोतका एक व्यक्तिले नाम नबताउने शर्तमा सिन्ह्वा समाचार समितिलाई जानकारी दिएको छ ।
एक महिना अगाडि रमादानका छोरा अहमदको आइएस लडाकूले हत्या गरेका थिए । अहमद
विश्वविद्यालयका विद्यार्थी थिए । सन् २००७
को सुरुमा इराकको राजधानी बग्दाददेखि १७०
किलोमिटर टाढा टिक्रिटमै अल कायदा आतङ्ककारी समूहले उनका अर्का छोराको पनि हत्या गरेका थिए।

0 comments:
Post a Comment