भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
पोखरा : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले
संविधान निर्माणका लागि प्रक्रिया सुरु
भइसकेकोले आन्दोलनको धम्कीले संविधान नरोकिने
बताएका छन्।
पोखरामा आइतबार प्रेस
चौतारीको आयोजनामा भएको पत्रकार
सम्मेलनमा बोल्दै नेता ओलीले एमाले र कांग्रेसले
संविधान बनाएरै छाड्ने बताए। एमालेले संविधान
बनाउने बाहेक हरु केही नसोचेको बताउँंदै ओलीले
कांग्रेस र एमालेबीचको सम्वन्ध बिगार्न धेरै चलखेल भए
पनि त्यो संभव नहुने बताए । उनले भने, संविधान ल्याउन
कांग्रेस एमाले एक भएका छन्।
ओलीले सकेसम्म संविधान बाहिर भएकाहरुलाई समेटेर
अघि बढ्ने प्रयास हुने र त्यो संभव नभए प्रक्रियाबाट
संविधान जारी हुने बताए । पत्रकार सम्मेलनमा उनले
पटकपटक संविधान बन्छ बन्छ भनेका थिए।
ओलीले संविधान निमार्णका लागि हदै
सम्मको लचिलो हुन तयार रहेको तर
संविधानसभाको प्रक्रिया रोकेर संविधान नबनाउने
तमसुक गर्न तयार नहुने बताए । संविधान
निमार्णका लागि एमाले सबैसँग
सहमतिका लागि वार्ता गर्न तयार रहेको बताए ।
हामी त आफैलाई कुटनेहरुसंग पनि लचिलो भएर छलफल
गरिरहेको छौं, उनले भने ।

0 comments:
Post a Comment