Home » » काश्मिरमा पाकिस्तानी झण्डा फहराएपछि भारतमा हंगामा...

काश्मिरमा पाकिस्तानी झण्डा फहराएपछि भारतमा हंगामा...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

एजेन्सी : पाकिस्तान दिवसका दिन सोमबार
काश्मिरमा पाकिस्तानी झण्डा फहराइएपछि
त्यसले भारतमा हंगामा गरेको छ ।
झण्डा फहराएको घटनाले दिल्लीमा समेत
हल्लीखल्ली भएछि कश्मिर प्रहरीले झण्डा फहराउने
दुख्तरान ए मिल्लतकी प्रमुख आसिया
अन्द्राबीविरुद्द गैरकानुनी गतिविधि गरेको
अभियोगमा मुद्दा दर्ता गरेको छ ।
एक पुलिस अधिकारीले अन्द्राबीविरुद्द गैरकानुनी
गतिविधि विरुद्दको कानूनको धारा १३ बमोजिम
नौहट्टा पुलिस थानामा मुद्दा दर्ता गरेको
जनाएका छन् । उनले भारतीय काश्मिरमा
पाकिस्तानी झण्डा फहराएको मामिलामा
छानविन थालिएको पनि जनाएका छन् ।
भारतीय मिडियाका अनुसार आसियाले २३
मार्चमा पाकिस्तानको झण्डा फहराएकी थिइन् ।
भारतीय काश्मिरमा पाकिस्तानी झण्डा फहराउँदै
उनले पाकिस्तानी राष्ट्रिय गीत पनि गाएको
बताइएको छ ।
अलगाववादी संगठनकी प्रमुख आसिया अन्द्राबी
काश्मिरकै एक आतंककारी संगठनका पूर्व कमाण्डर
अशिक हुसेनकी पत्नी हुन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved