Home » » कामदारको राहदानीमा विज्ञापन नगर्न निर्देशन..

कामदारको राहदानीमा विज्ञापन नगर्न निर्देशन..

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं : सरकारले म्यानपावर कम्पनीलाई वैदेशिक
रोजगारीमा जाने कामदारको राहदानीमा
विज्ञापन नगर्न निर्देशन दिएको छ।
वैदेशिक रोजगारीमा जाने कामदारको
राहदानीमा म्यानपावर कम्पनीले आफ्नो कम्पनीको
विज्ञापन गर्ने तथा स्टिच लगाएर प्वाल पार्ने गरेको
पाइएकाले यो काम तत्काल बन्द गर्न निर्देशन
दिएको हो।

वैदेशिक रोजगार विभागले अबदेखि राहदानीमा
विज्ञापन गरेको तथा स्टिच लगाएको पाइएमा श्रम
स्वीकृति नै रोक्नेसम्मको चेतावनी म्यानपावर
कम्पनीलाई दिएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलस्थित् अध्यागमन
कार्यालयले वैदेशिक रोजगार विभागलाई
रोजगारीमा जाने कामदारको राहदानीमा
म्यानपावर कम्पनीको विज्ञापन हुने, स्टिच लगाएर
प्वाल पारी केरमेटसमेत गर्ने क्रम बढेको भन्दै पत्राचार
गरेपछि विभागले निर्देशन जारी गरेको हो।
विशेषगरी राहदानीको कभर र अन्तिम पेजमा
म्यापनावर कम्पनीले विज्ञापान टाँस्ने गरेका छन्।
यसले राहदानीको मौलिकता बिगारेको, विदेशमा
समेत यसलाई शंका का दृष्ट्रिले हेर्न थालेपछि यस्ता
काम नगर्न निर्देशन दिनुपरेको विभागका
अधिकारीले जानकारी दिएका छन्।
जथाभावी स्टिच लगाएर प्वाल पार्दा
राहदानीमा हुने सुरक्षण चिन्ह बिग्रिने गरेको छ।
विज्ञापन गर्दा कतिपयमा राहदानी लेखिएको
शब्दसमेत छोपिएको पाइएको छ।
राहदानीजस्तो संवेदनशील कागजपत्रमा समेत
जथाभावी विज्ञापन गरी प्वाल पार्दा मुलुककै
इज्जतप्रतिष्ठामा आँच आउन सक्ने सरकारको ठम्याईं
छ। सक्कली राहदानीको पहिचान गर्नमा समेत
कठिनाई हुन थालेपछि अध्यागमन कार्यालयले यसमा
गम्भीर चासो देखाएको हो।

अध्यागमन कार्यालयले वैदेशिक रोजगार
विभागलाई रोजगारीमा जाने कामदारको
राहदानीमा म्यानपावर कम्पनीको
विज्ञापन हुने, स्टिच लगाएर प्वाल पारी
केरमेटसमेत गर्ने क्रम बढेको भन्दै पत्राचार गरेपछि
विभागले त्यसो नगर्न निर्देशन जारी गरेको
हो।
वैदेशिक रोजगार विभागका निमित्त प्रमुख भेषबहादुर
कार्कीले अध्यागमन कार्यालयले राहदानीमा
जथाभावी फोहोर तथा केरमेट गरिएको भन्दै पत्र
पठाएपछि म्यानपावर कम्पनीलाई सचेत गराइएको
बताए।
'अबदेखि कुनै पनि राहदानीमा विज्ञापन नगर्न तथा
प्वाल पार्ने र केरमेटसमेत नगर्न निर्देशन दिएका छौं,'
उनले भने। विभागको निर्देशनको अवज्ञा गरेको
पाइएमा त्यस्ता म्यानपावर कम्पनीलाई तत्काल
कारवाही गरिने उनले जानकारी दिए।
दैनिक औसतमा १५ सय जना नेपाली रोजगारीको
खोजीमा विदेसिने गरेका छन्। कतिपय म्यानपावर
कम्पनीले आफ्नो संस्थाको विज्ञापन गर्न
राहदानीमा स्टिकर टाँस्ने गर्छन्।
राहदानी लिने व्यक्तिलाई पनि यसको प्रयोग र
सुरक्षाका बारेमा चेतना जागृत गराउन सकिएको छैन।
वैदेशिक रोजगारीमा जाने अधिकांश कामदार
ग्रामीण क्षेत्रकद्घ अशिक्षित व्यक्ति हुने गरेकाले
उनीहरूलाई समेत राहदानीको संवेदनशीलता र
सुरक्षित राख्ने विधिबारे प्रशिक्षित गर्न आवश्यक
देखिएको विभागका अधिकारी बताउँछन्।
सरकारले दक्षिण कोरियामाबाहेक बाँकी खुला
गरिएका सबै मुलुकमा कामदार पठाउने जिम्मा
म्यानपावर कम्पनीलाई दिएको छ। एकाधबाहेक
अधिकांश म्यानपावर कम्पनीले संस्थागत
दायित्वबोध गर्न नसकेको विभागको ठम्याईं छ।
हाल सात सय ५० भन्दा बढी म्यानपावर कम्पनी
सञ्चालनमा छन्। सरकारी अनुमति लिएर हाल ३५
लाखभन्दी बढी नेपाली वैदेशिक रोजगारीमा गएका
छन्। अवैध तरिकाले जानेको संख्या पनि २० लाख
हाराहारीमा पुगिसकेको अनुमान छ। विदेसिएका
मध्ये अधिकांश खाडी मुलुक र मलेसियामा छन्।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved