Home » » प्रचण्डको हत्या योजना खुलासा गर्ने एमाओवादी नेता कारबाहीमा......

प्रचण्डको हत्या योजना खुलासा गर्ने एमाओवादी नेता कारबाहीमा......

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं: एमाओवादीले अध्यक्ष पुष्पकमल दाहाल
'प्रचण्ड'को हत्या योजनाबारे सार्वजनिक
अभिव्यक्ति दिने केन्द्रीय सदस्यद्वय अशोक जैसवाल र
सत्यनारायण भगतलाई कारवाही गर्ने भएको छ।
जैसवाल र भगतले चैत १५ गते विरगञ्जमा पत्रकार सम्मेलन
गरी पोलिटव्यूरो सदस्य प्रभु साहले अध्यक्ष
दाहालको हत्या योजना बनाएको आरोप लगाएका
थिए।

जैसवाल र भगतले गलत आरोप लगाएको ठहर गर्दै
एमाओवादीले दुवै नेतामाथि कारबाही गर्ने निर्णय
लिएको हो। प्रचण्डको हत्या योजना प्रभु साहले
बनाएको भन्ने अभिव्यक्तिबारे समाचार आएपछि दुवै
नेताहरूले नबोलेको कुरा मिडिया आयो भन्दै खन्डनको
प्रयास गरेका थिए।
अन्नपूर्ण पोस्ट् डक कमले प्रचण्ड हत्या योजनबारे अशोक
जैसवाल र सत्यनारायण भगत ले बोलेको अडियो
सार्वजनिक गरेको थियो । दुवैजनाले बोलेको पुष्टि
भएपछि एमाओवादीले कारबाही गर्ने निर्णय गरेको
हो ।
एमाओवादी केन्द्रीय कार्यालयको मंगलबार बसेको
बैठकले जैसवाल र भगतलाई स्पष्टीकरण लिने निर्णय
गरेको बरिष्ठ नेता डा बाबुराम भट्टराईका स्वकीय
सचिव विश्वदीप पाण्डेले बताए। 'साथै यस्ता गलत
कुरा नबोल्न सचेत गराउँदै गलत कुरा बोल्ने नेतालाई
आवश्यक कार्वाही गर्ने' निर्णय गरेको पाण्डेले बताए।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved