भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
एमाओवादी नेतृत्वको विपक्षी गठबन्धनले तीनदिने
आमहडतालसम्म पनि सत्तापक्ष सहमतिमा आउन नचाहे
संविधानसभा छोड्ने चेतावनी दिएको छ । सोमबार
३० दलीय गठबन्धनको बैठकमा एमाओवादी अध्यक्ष
प्रचण्डले संविधानसभा नै छोड्ने प्रस्ताव अघि सारेका
छन् । मुलुक अब पनि धेरै समय संक्रमणकालमा रहिरहने
अवस्था नदेखिएको ,सत्तापक्ष विपक्षीलाई पेलेरै
अगाडि बढ्न चाहेका कारण आफूहरुले पनि जोखिम
मोल्नैपर्ने भन्दै प्रचण्डले संविधानसभा छाड्ने प्रस्ताव
गरेको खुम्बुवान राष्ट्रिय पार्टीका अध्यक्ष
रामकुमार राईले जानकारी दिए ।
‘सत्तारुढ पार्टीले वार्तालाई गम्भीरतापूर्वक
लिएनन्,हाम्रो आन्दोलनलाई पनि खेलाँचीका रुपमा
मात्र लिने,हामीलाई गलाउने भुलाउने र थकाउने
योजना बनाउन मात्र उनीहरु लाग्न थाले,’ बैठकमा
प्रचण्डको भनाइ उद्धृत गर्दै राईले भने,‘२४ देखि २६
सम्मको आमहड्तालको बीचमा पनि उनीहरु
गम्भीरतापूर्वक सहमतिमा आउन चाहेनन् भने
संविधानसभामा बसिरहनुको अर्थ छैन ।’
गठबन्धन संयोजकसमेत रहेका प्रचण्डको सोही
प्रस्तावपछि सत्तापक्षसँग अर्थहीन वार्तामा समेत
नबस्ने भन्दै उसले १९ चैतमा घोषणा गरेको आमहड्ताल
फिर्ता लिई २४ देखि २६ सम्मको तीनदिने आम
हड्ताललाई सशक्त बनाउने निर्णय गरेको छ,आजको
राजधानी दैनिकमा खबर छ ।
0 comments:
Post a Comment