भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
विराटनगर, चैत्र ६ । नेपाली कांग्रेसका महामन्त्री
कृष्णप्रसाद सिटौलाले सहमतिको नाममा संविधान
निर्माणको कामलाई बन्दी बनाउन नसकिने स्पष्ट
पारेका छन् ।
विराटनगर विमानस्थलमा शुक्रबार सन्चारकर्मीहरुसँग
कुरा गर्दै उनले प्रक्रियाबाट संविधानको मस्यौदा
लेखनको कार्यविधि छोट्याएरै भए पनि आगामी जेठ
१५ गते नयाँ संविधान जारी हुने दाबी गरे ।
पूर्वगृहमन्त्री
सिटौलाले अहिलेको अवस्थामा आन्दोलनमा गएर
विपक्षी दल एकीकृत माओवादी र मधेसी मोर्चाले
संविधानसभाको अपमान गरेको टिप्पणी पनि गरे ।
यस्तै, एकृकीत माओवादीका उपाध्यक्ष
नारायणकाजी श्रेष्ठले भने शान्ति प्रक्रिया र
जनआन्दोलनका सहयात्री दललार्ई बाहिर राखेर
संविधान जारी हुन नसक्ने जिकिर गरेका छन् ।
विराटनगर विमानस्थलमै सन्चारकर्मीसँग कुरा गर्दै
उनले सहमति बिना संविधान जारी हुनै नसक्ने बताए ।
0 comments:
Post a Comment