भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
धनगढी, फागुन ३०– प्रहरी नायब महानिरिक्षक
(डिआईजी) रामकुमार खनालले
जनताको सुरक्षाका लागि खटिएका प्रहरीले
गल्ती गरे आफूलाई तुरुन्त फोन गर्न अनुरोध गरेका छन् ।
सुदूरपश्चिम यातायात व्यवसायी संघ धनगढीले आज
उनलाई स्वागत गर्ने क्रममा महानिरिक्षक खनालले
त्यस्तो कुरा बताएका हुन् । उनले जनताको सुरक्षा गर्ने
क्रममा प्रहरीहरुको कहींकतै कमजोरी हुनसक्छ,
त्यस्ता प्रहरीको जनताले निगरानी गर्दै मेरो मेबाइल
नं. ९५५८४८४४४४ मा सिधैं फोन गर्न भनेका छन् ।
डिआईजी खनालले प्रहरी र जनताको सम्बन्ध सुमधुर
बनाउन यातायात व्यवसायीहरुले गरेको प्रयासलाई
धन्यवाद दिए । उनले जनता र प्रहरीको सम्बन्धलाई
प्रगाढ बनाउन स्माइल प्रहरी सेवावस्ती भेटघाट
जस्ता कार्यक्रमहरु सुरु गर्दै आएका छौं, यसले
देशैभरी राम्रो सन्देश गएको छ भने ।
त्यसै गरी जिल्ला प्रहरी कार्यालय
कैलालीका प्रमुख विक्रम चन्दले प्रहरी र यातायात
व्यवसायीको सम्बन्धलाई गाढा बनाउन यो प्रयास
सार्थक हुने बताए । कार्यक्रममा क्षेत्रीय ट्राफिक
प्रहरी प्रमुख देबबहादुर बोगटी, सुप यातायात
व्यवसायी संघ कैलालीका अध्यक्ष टेकराज
जोशी पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य
दिलबहादुर छत्याल लगायतले स्वागत मन्तव्य व्यक्त
गरेका थिए ।
0 comments:
Post a Comment