भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं : कुनै पनि खेलाडीका लागि विश्वकप
आफैंमा पर्व हो। खेलाडी भएको हिसाबले
विश्वकपलाई नजिकबाट हेरिरहेको छु। सकेसम्म कुनै पनि
खेल छुटाएको छैन।
आयोजक राष्ट्र अस्ट्रेलिया र न्युजिल्यान्डमा
यसपटक अप्रत्यासित नतिजा निस्किएका छन्। ५०
ओभरको खेलमा औसतमा तीन सय र कुनै कुनै खेलमा चार
सयभन्दा बढी रनसम्म बन्नु भनेको चानचुन कुरा होइन।
यसपटक धेरै कीर्तिमान पनि बनेका छन्। ब्याटिङमा
विश्व किर्तिमान तोडिएको छ। जारी विश्वकप
भइरहेको पिचलाई अहिले अनुमान लगाउन नसकिने
अवस्था छ। पिचका कारण नै धेरै स्कोर बनेको हो।
पछिल्लो समय टीट्वेन्टीका कारण पनि खेलाडीको
ब्याटिङ क्षमतामा धेरै विकास भएको मान्न
सकिन्छ। बलिङ र फिल्डिङमा पनि अनुमान गरिएको
भन्दा फरक नतिजा देखिएको छ।
विश्वकपमा मेरो पहिलो रोजाइ भनेको दक्षिण
एसियाली राष्ट्र नै हुन्। त्यसमध्ये पनि मेरो मन पर्ने
टोली श्रीलंकालाई दक्षिण अफ्रिकाले नराम्रोसँग
हरायो।
श्रीलंकाको हारले मात्र होइन, टोलीका दुई
प्रभावशाली खेलाडी कुमार सांगाकारा र माहेला
जयावर्धनेको संन्यासले मलाई धेरै दु:खी बनाएको छ।
सांगाकाराको प्रदर्शनले हामीजस्ता क्रिकेटरलाई
धेरै हौसला मिल्ने गथ्र्यो। अब उनको खेल देख्न पाइने
छैन। विश्वकपमा अहिले राम्रा टोलीको दबदबा
कायम छ।
भारत र न्युजिल्यान्डले धेरै राम्रो प्रदर्शन गरिरहेका
छन्। अहिलेको अवस्थामा यही टोलीले जित्छ भनेर
भन्न सकिन्न। तर भारतको प्रदर्शन स्तरीय छ। विशेष
गरी ब्याटिङ धेरै राम्रो छ।
नवौं नम्बरमा आउने भारतीय ब्याट्सम्यानले समेत औसत
रन चुटेका छन्। भारतको बलिङ र फिल्डिङपनि दमदार
छ।
न्युजिल्यान्ड पनि सबै पक्षमा सन्तुलित देखिएको छ।
यी दुईमध्ये नै एउटा टोली च्याम्पियन बन्न सक्छ। तर
मेरो समर्थन छिमेकी देश भारतलाई हुनेछ।
0 comments:
Post a Comment