भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
सउल । वैदेशिक
रोजगारीका क्रममा कोरियामा रहेका मोरङ
बेलबारीका २३ वर्षीय सुरेश नेपालले
आत्महत्या गरेका छन् । केही दिनअघि मात्रै
झापा धुलाबारीका छबिलाल भण्डारीले
आत्महत्या गरेका थिए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा नेपालले
आत्माहत्या गरेको जनाईएको छ । आठ
महिनाअघि कोरिया आएका नेपाल छन्जु
क्षेत्रमा गाईफर्ममा काम गर्दै आएका थिए ।
नेपाललाई उनी काम गर्ने
नजिकैको रुखमा झुण्डिएको अवस्थामा
स्थानीयबासीले शुक्रवार
दिउँसो फेला पारेका थिए । उक्त गाई
फर्ममा नेपालीहरुमा सुरेशले मात्रै काम गर्दै
आएका थिए ।
घटनाको जानकारी पाउन साथ श्रमसहचारी अनिल
गुरुङ्ग र मोरङ डाईनमिक कमिटीका अध्यक्ष डा.
देवीबहादुर बस्नेतले शनिबार
घटनास्थलमा पुगी जानकारी लिएका छन् ।
शरीरमा कुनै चोटपटक नदेखिएको र घाँटीमा मात्र
डोरीको डाम देखिएको श्रम सहचारी गुरुङ्ले बताए ।
प्रहरीको निगरानीमा स्थानीय
हस्पिटलमा राखिएको नेपालको शव आवश्यक
प्रक्रिया पुरा गरी चाँडै नेपाल पठाईने गुरुङले बताए ।
0 comments:
Post a Comment