Home » » झापामा एकैदिन २ जना बलात्कृत...

झापामा एकैदिन २ जना बलात्कृत...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

झापा–झापामा शुक्रबार एकैदिन दुई
जना बालिका बलात्कृत भएका छन्।
बलात्कारका घटनाविरुद्ध
देशव्यापी रुपमा अभियानै
चलिरहेका बेला झापाको विर्तामोडमा पनि
शुक्रबार विभिन्न संस्थाको अगुवाईमा प्रदर्शन
भइरहेको थियो।
ठिक त्यहीबेला विर्तामोड बसपार्कमा एक जना १३
वर्षीया बालिका बलात्कृत भइन् भने
त्यसको केही घण्टापछि दक्षिण
झापाको पृथ्वीनगरमा अर्की ११
वर्षीया बालिका उस्तै पीडाको शिकार भइन।
त्यो पनि आफ्नै बाबुबाट।
प्रहरीका अनुसार शुक्रबार दिउँसो ३ बजे विर्तामोड
नयाँ बसपार्क क्षेत्रमा स्थानीय सूर्यमान
तामाङबाट १३ वर्षीया बालिका बलात्कृत
भएकी हुन्। आमा नभएकी, बाबुले
पनि अर्की आमा ल्याएपछि छिमेकीको आश्रयमा
रहेकी ती बालिका आश्रयदाता परिवारको सानो
चिया पसलमा काम सघाउँथिन्। सूर्यमानले
आफ्नो निर्माणाधिन
घरमा चिया मगाएपछि उनी चिया पुर्याउन
माथिल्लो तला उक्लेकी थिइन्। उनी त्यहीँ बलात्कृत
भएकी हुन्। इलाका प्रहरी कार्यालय
विर्तामोडका अनुसार हल्ला भएपछि अभियुक्तलाई
तत्कालै पक्राउ गरिएको थियो।
त्यस्तै दक्षिण झापाको पृथ्वीनगर ४ मा बाबुबाटै
छोरी बलात्कृत भएकी छन्। प्रहरीका अनुसार
आमा गाउँकै अर्कै पुरुषसँग अर्को विवाह गरेर गएपछि ११
वर्षे छोरी आमाकै पछि लागेकी थिइन्। शुक्रबार
दिउँसो तामाङ थरका उनका ४३ वर्षे
बुबा छोरी लिन पूर्व पत्नीको दोस्रो घर
पुगेका थिए। बाबु नै लिन आएपछि उनी खुशीसाथ
बाबुसँग घर फर्केकी थिइन्।
तर, उनको त्यो खुशी राति ८ बजेतिर भयंकर
दशामा बद्लियो। बाबुले अकल्पनीय आक्रमण गरेर
बलात्कार गरेपछि उनी रुँदै चिच्याउँदै हिडिँन्।
'छोरीलाई फकाएर घरमा ल्याएर बलात्कार
गरेको देखिन्छ', जिल्ला प्रहरी स्रोतले भन्यो।
प्रहरीले अभियुक्तलाई नियन्त्रणमा लिएर अनुसन्धान
भइरहेको जनाएको छ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved