भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
बाग्लुङ्ग, चैत्र २ । बाग्लुङ क्षेत्र नम्बर १ मा चैत्र २८ गते
निर्वाचन आयोगले गराउन
लागेको उपनिर्वाचनमा विभिन्न राजनीतिक दलले
उम्मेदवारी दर्ता गराएका छन् ।
बाग्लुङमा क्रियाशिल रहेका दलहरुले हिजो मूख्य
निर्वाचन अधिकृतको कार्यालय
पुगी पार्टीका तर्फबाट
उम्मेदवारी दर्ता गराएका हुन ।
उम्मेदवारी
दर्ता गराउनेमा नेपाली कांग्रेसका तर्फबाट
चम्पादेवी खड्का, नेकपा एमालेको तर्फबाट
मना केसी, एकीकृत माओवादीबाट कृष्ण केसी र
राष्ट्रिय जनमोर्चाबाट नेत्रबहादुर बुढाथोकी छन् ।
चम्पा खड्का कांग्रेसका तर्फबाट गत
संविधानसभा निर्वाचनमा निर्वाचित भई सडक
दुर्घटनामा परी निधन भएका सभासद हरिबहादुर
खडकाकी धर्मपत्नी हुन ।
त्यसैगरी राप्रपा र राप्रपा नेपालबाट संयुक्त
रुपमा नविनचन्द्र शेरबुजा, संघीय समाजबादीबाट
रेशमबहादुर थापा, परिवार दलको तर्फबाट बाबुराम
शर्मा, नेकपा मालेबाट कुलबहादुर किसान रहेको मूख्य
निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यसै गरी ५ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
संविधानसभा निर्वाचनबाट विजयी सभासद
हरिबहादुर खड्काको सवारी दुर्घटनामा मृत्यु
भएपछि उपनिर्वाचन गर्न लागेको हो ।
गत निर्वाचनमा ४७ हजार मतदाता रहेकोमा यसपटक
त्यो संख्या बढेर ५२ हजार दुई सय दुई
पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
बाग्लुङमा यस पटक विद्युतीय यन्त्रबाट मतदान गरिँदै
छ ।
0 comments:
Post a Comment