Home » » दुई माओवादी पार्टी एकताका लागि कस्सिए....

दुई माओवादी पार्टी एकताका लागि कस्सिए....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

पार्टी विभाजनको दुई वर्ष आठ महिनापछि दुई
माओवादी पार्टी एकताका लागि कस्सिएका छन् ।
एमाओवादी र उसैबाट फुटेको नेकपा-माओवादीले
एकताका लागि वार्ता गर्न आइतबार उच्चस्तरीय
समिति बनाएका हुन् । कान्तिपुर दैनिकमा समाचार
छ ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास
लाजिम्पाटमा बसेको दुई दलको बैठकले
‘मुलुकको विद्यमान अवस्थालाई ध्यानमा राखी सबै
माओवादी एवं सच्चा कम्युनिष्ट
क्रान्तिकारीहरुका बीचमा पार्टी एकताको
आवश्यकता अनुभूत भएको’ उल्लेख गर्दै पहल
अगाडि बढाएका हुन् ।
छलफलपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र
माओवादी अध्यक्ष मोहन वैद्यले संयुक्त रुपमा चार बुँदे
विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘सिद्धान्तनिष्ठ
पार्टी एकताको लागि गरिएको यस
अभियानमा सबै माओवादी एवम्
सच्चा क्रान्तिकारी कम्युनिष्टहरुलाई योगदान
पुर्याउन अपिल गर्ने ।’
पार्टी एकतका लागि गठित
वार्ता समितिमा एमाओवादीबाट अध्यक्ष दाहाल,
बरिष्ठ नेता बाबुराम भट्टराई, उपाध्यक्ष
नारायणकाजी श्रेष्ठ, महासचिव कृष्णबहादुर महरा,
सचिव टोपबहादुर रायमाझी छन् ।
त्यसैगरी माओवादीबाट अध्यक्ष वैद्य, उपाध्यक्ष
सीपी गजुरेल, महासचिव रामबहादुर थापा र सचिव
देव गुरुङ छन् । दुई पार्टीले छिट्टै संयुक्त रुपमा आन्दोलन
पनि सञ्चालन गर्ने भएका छन् ।
‘मुलुकमा बढदै गएको प्रतिगमन, जनघात, राष्ट्रघात र
जनजीविकाका विषयहरु,’ जारी विज्ञप्तीमा संयुक्त
आन्दोलन गर्नुको यस्तो कारण दिइएको छ, ‘तत्काल
सत्य निरुपण मेलमिलाप
तथा बेपत्ता छानबिनसम्बन्धी विषयलगायत
शान्ति प्रक्रियासंग
जोडिएका विषयहरुमा राज्यपक्षबाट
भइरहेको प्रतिगमनकारी कदमहरुको विरुद्धमा संयुक्त
आन्दोलनका कार्यक्रमहरु दिने निश्चित गरिएको छ ।’

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved