Home » » मृगौलालाई स्वस्थ राख्ने ७ परिकार....

मृगौलालाई स्वस्थ राख्ने ७ परिकार....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

मृगौला सरीरको निकै महत्वपूर्ण अंग हो । अस्वस्थकर
खानपान तथा जिवनशैलीका कारण
पछिल्लो समयमा मृगौला रोगीको संख्या बढिरहेको
छ । हामीले खानपान
तथा जिवनशैलीमा सावधानी अपनाउने हो भने
मृगौलालाई फेल हुनबाट जोगाउन सकिने
विज्ञहरुको भनाइ छ । मृगौलालाई स्वस्थ राख्न
सहयोग गर्ने केही खानेकुराहरु जो हामीले
हाम्रो नियमित भोजनमा सहभागी गराउनुपर्छ
ती यसप्रकार छन्-
क्याप्सिकन- क्याप्सिकन अर्थात्
ठूलो खुर्सानीमा पोटासियम, फस्फोरस, भिटामिन
सी, फाइबर तथा फोलिक एसिडका साथै भिटामिन
बी ६ प्रसस्त मात्रामा पाइन्छ । यसको नियमित
सेवनले मृगौलालाई स्वस्थ राख्न मद्दत गर्दछ ।
बन्दागोभी- बन्दागोभीमा सोडियम,
पोटासियम, फस्फोरस जस्ता लवणहरु प्रसस्त
मात्रामा पाइन्छ । साथै यसमा पाइने भिटामिन के
तथा भिटामिन सी र फाइबर
पनि मृगौलाका लागि लाभदायक हुन्छ ।
काउली- काउलीमा पनि सोडियम, पोटासियम
तथा फस्फोरसका साथै मृगौलालाई फाइदा पूराउने
भिटामिन सी, फोलेट र फाइबर प्रसस्त
मात्रामा पाइन्छ ।
लसुन- लसुनमा विभिन्न खाले पौष्टिक पदार्थ मात्र
नभै औषधिय तत्व समेत पाइन्छ । यसले मृगौलालाई
स्वस्थ राख्न र रगतमा कोलेस्ट्रोलको मात्रा कम गर्न
सहयोग गर्छ ।
प्याज- प्याजमा पर्याप्त मात्रामा सोडियम,
पोटासियम र फस्फोरसका साथै एन्टी अक्सिडेन्ट र
क्रोमियम नामक तत्व हुन्छ । यसले सरीरमा उपापचयन
प्रक्रियालाई सन्तुलित बनाउने तथा मृगौलालाई
स्वस्थ राख्न मद्दत पूराउँछ ।
स्याउ- एक मध्यम आकारको स्याउमा १५८
मिलिग्राम पोटासियम तथा १० मिलिग्राम
फस्फोरस हुन्छ । त्यसैले यसको सेवनले अन्य खाले
स्वास्थ्य लाभ मात्र नभै मृगौलालाई समेत स्वस्थ
राख्न सहयोग गर्दछ ।
स्ट्रबेरी- स्ट्रबेरीमा समेत विभिन्न खाले
लवणका साथै एन्टीअक्सिडेन्ट पर्याप्त
मात्रामा पाइने भएकाले यसको सेवनले मृगौलालाई
फाइदा पूराउँछ । ए

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved