भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
मुम्बई- लामो अन्तरालपछि मल्लिका शेरावत ठूलो
पर्दामा देखिइन्। केसी बोकाडिया निर्देशित
फिल्म 'डर्टी पोलिटिक्स'बाट अभिनयमा फर्केकी
उनले यस फिल्मबाट ठूलो अपेक्षा गरेकी थिइन्। तर,
फिल्मले सोचेअनुसारको व्यापारिक सफलता दिन
सकेन।
फिल्ममा मल्लिका र ओम पुरीको 'बोल्ड सिन' छन्।
यी दुईले दिएका दृश्य चचिर्त भए। फिल्म 'डर्टी
पोलिटिक्स'मा मल्लिकाका साथै ओम पुरी,
आशुतोष राणा, ज्याकी स्रोफ, अनुपम खेर, अतुल
कुलकर्णी, सुशान्त सिंह, राजपाल यादव र नसिरुद्दिन
शाह पनि महत्वपूर्ण भूमिकामा छन्।
फिल्मको नामझैं मल्लिका पनि आफू थुप्रैपटक 'डर्टी
पोलिटिक्स'को शिकार भएको बताउँछिन्।
बलिउडमा प्रायः के देखिन्छ भने कुनै एउटा फिल्ममा
कसैलाई हिरोइन लिइन्छ र केही दिनपछि नै उसलाई
त्यो फिल्मबाट निकालिएको खबर आउँछ। निदर्शेक र
अभिनेताका रुचि र स्वार्थका कारण यस्तो हुने गर्छ।
मल्लिका पनि आफूलाई त्यस्तै आइलागको
बताउँछिन्।।
उनले भनिन्, 'म कैयौँ पटक जिन्दगीमा डर्टी
पोलिटिक्सको शिकार भएकी छु। राम्रो फिल्म
प्रोजेक्ट हातमा पर्छ। मलाई हिरोइन लिने तय हुन्छ तर
पछि हिरोलाई अर्की हिरोइन मन पर्छ। र, म
फिल्मबाट निकालिन्छु।' यस्तो राजनीतिको आफू
पटक-पटक शिकार भएको बताउँदै उनले थपिन्, 'मरेा
सन्दभर्मा धेरै पटक यस्तो भएको छ। डाइरेक्टर आफ्नी
प्रेमिकालाई काम दिन्छ र मलाई फिल्मबाट
निकालिदिन्छ। यस्तो राजनीति थुप्रैपटक भएको
छ।'
0 comments:
Post a Comment