Home » » भारतमा रेल दुर्घटना, ३० को मृत्यु....

भारतमा रेल दुर्घटना, ३० को मृत्यु....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

नयाँ दिल्ली- उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा
शुक्रबार बिहान भएको एक रेल दुर्घटनामा परी
कम्तीमा २२ व्यक्तिको मृत्यु भएको छ । समाचार
एजेन्सी पीटिआईलाई रेलवेका जनरल म्यानेजर अजय
कुथियाका दुर्घटनामा मर्नेको संख्या ३० पुगेको
बताएका छन्।
यस दुर्घटनामा परी ५० भन्दा बढी व्यक्ति घाइते
भएका एकजना वरिष्ठ प्रहरी अधिकारीले जानकारी
दिएका छन्।
रेल अधिकारीहरुका अनुसार गम्भिर घाइतेहरुको लखनउ
मेडिकल कलेजमा उपचार भइरहेको छ।
घाइतेहरुमध्ये केहीको अवस्था गम्भीर भएको हुनाले
मृतकको सङ्ख्या बढ्नसक्ने पनि प्रहरीले अनुमान गरेका
छन् । सो दुर्घटनामा परी ज्यान जानेमा केही
बालबालिका पनि परेका जनाइएको छ।
देहरादुन–बारानासी जनता एक्प्रेस नामक सो रेलका
तीनवटा डिब्बा बछरावन गाउँ नजिकै छुट्टिएको रेल
राज्यमन्त्री मनोज सिन्हाले बताए। उनले दुर्घटनाको
छानविन गर्न निर्देशन दिएका छन्।
रेलवे अधिकारीहरु दुर्घटनास्थल पुगेका र
उद्धारलयागतको सहायताको कार्य जारी रहेको
जानकारी दिइएको छ।
गत महिनामा पनि दक्षिणी भारतमा भएको एक
यात्रुबाहक रेल दुर्घटनामा परी कम्तीमा १०
व्यक्तिको मृत्यु भएको थियो।
यसैबीच रेल दुर्घटनामा परी मृत्यु हुने व्यक्तिका
परिवारलाई प्रति व्यक्ति दुई लाख भारतीय रुपैयाँ
दिइने रेलवे अधिकारीहरुले घोषणा गरेका छन्।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved