Home » , » नायिका अरुणिमाले पाइन अमेरिकाको ग्रिनकार्ड, को-को लिने प्रक्रियामा छन् ?

नायिका अरुणिमाले पाइन अमेरिकाको ग्रिनकार्ड, को-को लिने प्रक्रियामा छन् ?

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

नेपाली रजतपटतकी चर्चित नायिका
अरुणिमा लम्सालले एक वर्षको लामो प्रक्रियापछि
संयुक्त राज्य अमेरिकाको ग्रिनकार्ड पाएकी छिन् ।
अरुणिमासंगै उनको तीन सदस्यीय परिवारले समेत
ग्रिनकार्ड पाएको छ ।
ग्रिनकार्ड पाएपछि नायिका अरुणिमा चाँडै
आफ्नो परिवारका साथ अमेरिका उड्ने तयारीमा
छिन् ।
श्रीमान पक्षका सबै जसो परिवारका सदस्य
अमेरिकामै भएकाले आफ्नो परिवारले पनि
ग्रिनकार्डको लागि आवेदन दिएको र अमेरिकाले
उक्त आवदेन स्विकार गरेको अरुणिमाले बताएकी छिन्

५२ वटा नेपाली फिल्ममा अभिनय गरेकी अरुणिमाले
एकवर्ष अगाडी बैङ्करसँग बिहे गरेकी थिइन् । फिल्म
क्षेत्रमा उनले १३ वर्ष काम गरेकी छिन् ।
सहकर्मी नायिकाहरु ऋचा घिमिरे, रञ्जना शर्मा,
उषा पौडेल लगायत अमेरिकामा भएकाले पनि आफु
नेपाल छोड्न तयार भएको उनले बताईन् ।
यसअघि नायिका ऋचा घिमिरे र निर्देशक शंकर
घिमिरे दम्पतीले अमेरिकाको ग्रिनकार्ड लिइसकेका
छन् । पूजा चन्द, साराङगा श्रेष्ठ, यूना उप्रेती,
राजवल्लभ कोइराला पनि अमेरिकाको ग्रिनकार्ड
होल्डर हुन् ।
उषा पौडेल, रञ्जना शर्मा, जिवन लुईंटेल, निरज बराल
लगायत कलाकार ग्रिनकार्ड लिने प्रक्रियामा छन् ।
अमेरिकाको ग्रिनकार्ड पाएपनि अरुणिमाले
नेपाली चलचित्र क्षेत्रलाई नछोड्ने बताईन् ।
अमेरिकामा सबै सहकर्मी मिलेर काम गर्ने उनको
योजना छ । केही दिनमा अरुणिमा आफ्नो
छोरीसहित अमेरिका उड्दैछिन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved