भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं,चैत ३ – काठमाडौंका डान्सबार तथा
मसाज सेन्टरमा काम गर्ने युवतीलाई अफ्रिका
पुर्याएर बिक्री गर्ने गिरोह पक्राउ परेको छ । नेपाल
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले
राजधानीका डान्सबार सञ्चालकहरुसहित सात
जनालाई पक्राउ गरेको छ ।
झन्डै एक महिना लामो अप्रेसनपछि प्रहरीले
गिरोहका व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ
पर्नेमा मैतीदेवीमा बस्ने एजेन्ट प्रवाीण
श्रेष्ठ,ललितपुरमा मुन डान्सबार चलाउने राजन केसी
तथा एयरपोर्टमा सेटिङ मिलाउने आशिष नामका
व्यक्तिलगायत छन् ।
सो गिरोहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा
सेटिङ मिलाएर केन्या तथा तान्जानिया
डान्सबारमा सयौं नेपाली युवतीहरुलाई बिक्री
गरिसकेको अनुसन्धानबाट खुलेको छ,आजको नयाँ
पत्रिका दैनिकमा खबर छ ।
0 comments:
Post a Comment