Home » , » प्रचण्ड मोर्चाले ७ दिनको आन्दोलन फिर्ता लियो.....

प्रचण्ड मोर्चाले ७ दिनको आन्दोलन फिर्ता लियो.....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं : एमाओवादी नेतृत्वको तीस दलीय
मोर्चाले सात दिनको आन्दोलन फिर्ता लिएको छ।
सिंहदरबारस्थित एमाओवादीको संसदीय दलको
कार्यलयमा बसेको मोर्चाको बैठकले फिर्ता लिने
निर्णय गरेको हो। बैठकमा आन्दोलन फिर्ता लिने
प्रस्ताव प्रचण्डले राखेका हुन्।
मोर्चाले चैत १७ देखि २३ सम्मका आन्दोलनका
कार्यक्रम फिर्ता लिएको छ। तर तीन दिनको
आमहडताल भने कायमै राखिएको छ। मोर्चाले २४, २५
र २६ गते तीन दिने आमहडताल घोषणा गरेको थियो।
गठबन्धनको बैठकले पूर्व घोषित सरकारी कार्यालय
बन्द गर्ने,नाकावन्दी गर्ने,राजस्व कर असुली रोक्का
गर्ने जस्ता संघर्षका कार्यक्रम फिर्ता लिएर तीन
दिने बन्दमा केन्द्रीत हुने निर्णय गरेको हो।
गठबन्धनले मंगलबार र बुधवार जिल्ला प्रशासन
कार्यालय घेराउ गर्ने,बुधवार साँझ मसाल जुलुस प्रदर्शन
गर्ने,बिहिबार देशव्यापी बन्द गर्ने,चैत २० देखि २३
गतेसम्म सरकारी कार्यालयहरु बन्द गर्ने,नाकाबन्द
गर्ने,राजस्व कर असुली रोक्का गर्ने कार्यक्रम घोषणा
गरेको थियो। ती सबै कार्यक्रम फिर्ता लिएर
गठबन्धनले चैत २४,२५ र २६ गतेको देशव्यापी बन्दका
लागि केन्द्रित हुने निर्णय गरेको हो।
एमाओवादीका प्रमुख सचेतक गिरिराजमणि
पोखरेलका अनुसार सत्ता पक्षले बहुमतीय
प्रक्रियालाई अगाडि बढाउन संविधानसभाको बैठक
आब्हान गरेपछि बिपक्षी गठबन्धनले आन्दोलनको स्वरुप
परिवर्तन गरेको हो। 'हामीले संघर्षका कार्यक्रमलाई
परिमार्जन गरेका छौ' बैठकपछि पोखरेलले अन्नपूर्णसँग
भने। उनका अनुसार तीन दिने आमहडतालको आन्तरिक
तयारी गर्नका लागि धर्ना र घेराउका कार्यक्रम
फिर्ता लिइएको हो।
(i)
सत्ता पक्षले बहुमतीय प्रक्रिया अगाडि बढाउन
संविधानसभाको बैठक बोलाएको र मुलुकभरका
आन्दोलनकारीहरुको सुझाव अनुसार संघर्षका
कार्यक्रम परिमार्जन गरिएको पोखरेलले बताए। चैत
१९ विरगञ्जमा जैन समुदायको सम्मेलन भएका कारण
त्यस दिनको बन्द फिर्ता लिन आन्दोलनकारी
माथि दबाब पर्दै आएको थियो। बैठकले चैत २१ गते
नागरिक समाजका अगुवाहरुसँग बहुमतीय प्रक्रियाको
सट्टा सहमतीय प्रक्रियाका आधारमा संविधान
जारी गर्ने बिषयमा अन्तरक्रिया गर्ने निर्णय पनि
गरेको छ।
पोखरेलका अनुसार चैत २३ गतेका लागि बोलाइएको
संविधानसभाको बैठकमा सहभागी नहुने निर्णय पनि
गठबन्धनले गरेको छ। उनले भने'सत्ता पक्षले आन्दोलन
दबाउन कुटिल चालको रुपमा वार्तालाई अगाडि
सारेकोले सहमतिको ठोस प्रस्ताव नआएसम्म प्रत्यक्ष
तथा अप्रत्यक्ष कुनै पनि प्रकारको वार्तामा नबस्ने
निर्णय गरेका छौ।' आफूहरु इमान्दारितापूर्वक
वार्तामा बसेपनि सत्ता पक्षले आन्दोलनलाई कमजोर
पार्ने षडयन्त्रको रुपमा वार्तालाई उपयोग गरेको
आरोप बैठकमा गठबन्धनका संयोजक समेत रहेका
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले लगाएका
थिए। संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले
चैत २३ गतेका लागि संविधानसभाको बैठक
बोलाएका छन।
घोषित आन्दोलनका कार्यक्रमलाई प्रभावकारी
बनाउन मंगलबार नेताहरुको कार्यबिभाजन गरिने पनि
पोखरेलले बताए। गठबन्धन सचिवालयले तयार पार्ने
कार्यबिभाजनको प्रस्तावलाई शिर्ष नेताहरुले
मंगलबार अनुमोदन गर्नेछन। बैठकले त्रिभुवन
बिश्वबिद्यालय शिक्षण अस्पतालमा अनशनरत डा
गोविन्द केसीका मागलाई समर्थन गर्दै उनका माग
तत्काल पूरा गर्न सरकारसँग आग्रह गरेको छ।
थप गृहकार्य गरेर आन्दोलनलाई प्रभावकारी बनाउने
निर्णय गरेको छ।बैठकमा एमाओवादी, मधेसी
मोर्चासम्वद्ध दल तथा अन्य साना दलहरुको
सहभागिता थियो।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved