भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं । दोहोरी गीत गाउँदा स्टेजमा उत्तेजक
हर्कत देखाएर चर्चित बनेकी गायिका ज्योती
मगरलाई अर्का गायक पशुपति शर्माले ‘नाङ्गै नहिड्न’
आग्रह गरेका छन् ।
छोटा कपडा लगाएर नाङ्गै हिड्दा लोक संस्कृति
बिग्रिएको भन्दै गायक पशुपतिले भने- दोहोरी गाउने
भए लामो लुगा लगाए, नत्र गीतै नगाए ।’
पुष्ट शरीर देखाएरै दर्शकवाट ताली र गाली पाउँदै
आएकी ज्योतीलाई छोटो लुगा नलगाउने आग्रह पटक्कै
सह्य हुने कुरै भएन । उल्टै पशुपति शर्मालाई सुझाव दिईन्
‘केटा मान्छे भएर पनि तीजको गीतमा नाचेर हुन्छ ?’
ज्योती र पशुपतिवीचको यो छेडछाड र घोचपेच
वास्तविकतामा आधारित भएपनि उनीहरु साँच्चिकै
भनाभन गरेका भने हैनन् । हालै ज्योती मगरले
सार्वजनिक गरेको दोहोरी गीत एल्बममा उनीहरुको
कटाक्ष सुन्न पाइन्छ ।
ज्योतीलाई हट नहुन पशुपतिले आग्रह गरेका छन् भने
जवाफमा ज्योतिले एकवारको जीन्दगी रिल्याक्स
गरेर बिताउन सुझाब दिएकी छिन् ।
पुशपति शर्माकै लय, शब्द र संकलन रहेको यस गीतलाई
आशिष म्युजिकले बजारमा ल्याएको छ ।
भिडियोमा पशुपति शर्मा र ज्योतिले अभिनय
गरेका छन् ।
पछिल्लो समय यी दुबै लोकगीतको क्षेत्रका चर्चित
अनुहार मानिन्छन् । ज्योती मगर स्वदेश तथा बिदेशमा
हुने सांगीतिक कार्यक्रममा छोटा कपडा लगाएर
उत्तजेक रुपमा प्रस्तुत भएका कारण चर्चामा छिन् ।
केही कार्यक्रममा उनले संस्कृति बिगारेको भन्दै
दर्शकबाट बिरोधको सामना पनि गर्नुपरेको छ ।
0 comments:
Post a Comment