Home » , » चिकित्सा विज्ञानलाई ठाडो चुनौती – माताले पत्थरी मुखले चुसेरै निकाल्छिन....

चिकित्सा विज्ञानलाई ठाडो चुनौती – माताले पत्थरी मुखले चुसेरै निकाल्छिन....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

मुखले चुसेर पथरीयाका रोगीको पेटभित्रबाट ढुंगा
निकाल्न सकिन्छ भन्दा तपाईंलाई विश्वास नलाग्न
सक्छ । तर मोरङको शिसवनीजहदाकी एक महिलाले
भने दैविक शक्तिको प्रभावका कारण आफूभित्र सो
क्षमता रहेको दाबी गरेकी छन् ।
पत्याउनै मुस्किल पर्ने यो दृश्यले चिकित्सा
विज्ञानलाई ठाडो चुनौती दिएको छ । बिना
अप्रेसन पथरीयाको बिरामीको किडनी, गल ब्लडर र
पेटभित्रको ढुंगा चुसेरै निकालिने हल्ला फैलिएपछि
मोरङको सिसवनीजहदा–८ स्कुलटोल, सोहेलमा
बिरामीहरुको भीड लाग्ने गरेको छ । मोरङ
सिसवनीजहदाकी ३७ वर्षीय पारोदेवी मण्डलले मुखले
चुसेरै अहिलेसम्म हजारौं पथरीयाका बिरामीको
ढुंगा निकालिसकेको दाबी गरेकी छन ।
प्रत्येक मंगलबार र बिहीबार आफ्नै आँगनमा विशेष
अनुष्ठानको आयोजना गरेर उनले बिरामीको ढुंगा
निकाल्ने र अन्य शारीरिक कष्टहरुको उपचार गर्दै
आएकी छन् । उनी पथरीयाका बिरामीहरुलाई लस्करै
आँगनमा सुताउँछिन् र पालैपालो पेटभित्रको ढुंगा
मुखले चुस्दै फुत्तफुत्त थालमा राख्छिन् । निकालिएको
ढुंगा तत्कालै बिरामीलाई दिएर पठाइन्छ ।
विराटनगर–१३ तीनटोलियाबाट सो ठाउँ पुगेका
संजय शर्माले समेत मंगलबारै चमत्कारिक शक्तिबाट
आफ्नो पेटभित्र रहेको ५ एमएमको ढुंगा निकाल्न
लगाए । उनले ढुंगा निकालिसकेपछिको आफ्नो अनुभव
यसरी सुनाए ।
भारतको विहार कटिहारका सत्यमकुमार सिंहले
आफूले दिल्लीमा उपचार गराउँदा पेटभित्र ३ वटा
ढुंगा फेलापरेको बताउँदै यसअघि सोही ठाउँ आएर २
वटा ढुंगा निकालिसकेको र अन्तिम ढुंगा निकाल्न
फेरि आएको बताए । मोरङकै दर्वेशाकी अनितादेवी
सरदारलाई समेत विराटनगरमा जाँच गराउँदा पेटमा
४.४ एमएमको ढुंगा रहेको पुष्टि भएपछि उपचारका
लागि आएको बताइन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved