भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
एक्लो जिवन
बिताइरहेका महिलाहरुका लागि सायद
यो खुसीको कुरा हुनसक्छ । किनकी सरकार आफैले एक
घण्टाका लागि केटा उपलब्ध गराइदिने भएको छ ।
समाचार सुन्दा तरंगित हुनुभयो होला, तर हुनु पर्दैन ।
किनकी यो सेवा नेपालमा होइन
रुसको राजधानी मस्कोमा सुरु हुन लागेको हो ।
घरमा साह्रो गाह्रो काम गर्ने लोग्ने
मान्छेको अभावमा मुस्किल
झेलिरहेका महिलाहरुको लागि लक्षित गर्दै
मस्को नगर प्रशासनले ‘एक घण्टाका लागि श्रीमान’
सेवा सुरु गर्न लागेको मस्को टाइम्सले जनाएको छ ।
सिटी हलको सामाजिक सुरक्षा विभागका उपप्रमुख
आन्द्रे बेस्तान्कोका अनुसार
यसरी भाडामा लिइएका ‘लोग्ने’ ले सम्बन्धित
महिलाको घरमा पुगेर पुरुषले गर्ने भनेर परम्परागत
रुपमा छुट्टाइएका विभिन्न साह्रोगाह्रो कामहरु
गरिदिनेछन् । जस्तै चुहेको पाइप मर्मत गरिदिने,
सिलिङ ठोकिदिने, पेच कसिदिने आदि ।
हुनत मस्कोमा यसअघि पनि विभिन्न खाले
निजि कम्पनीहरुले यस्तै मिल्दोजुल्दो सेवा उपलब्ध
गराउने गरेका छन् । तर त्यसका लागि चर्को शुल्क
लिन्छन् । निजि कम्पनीहरुले भाडामा लोग्ने
मिलाइदिने सेवामा युवतीहरुलाई बढि लक्षित
गरिएको छ र त्यस्ता भाडाका लोग्नेहरुलाई उनीहरुले
यौन सन्तुष्टिका लागि समेत उपयोग गर्न सक्छन् ।
तर मस्को प्रशासनले सरकारी तबरमा सुरु गर्न
लागेको पछिल्लो सेवा भने सेवा खासगरी ६० वर्ष
नाघेका महिलाहरुका लागि लक्षित हुनेछ । न्युन आय
भएका परिवारका लागि सित्तैमा उपलब्ध हुनेछ ।
मध्यम आयस्तरका परिवारले भने न्यून शुल्क तिरे पुग्नेछ ।
आफुलाई भाडामा एकघण्टे लोग्ने चाहिएको भनेर
माग गरे लगत्तै सरकारले स्थानीय कम्पनीहरुसँग
सहकार्य गरी सिपालु तथा सुन्दर र
कामकाजी युवाहरुलाई महिलाको घरमा पठाइदिनेछ
। काम फत्ते गरेपछि युवक आफ्नो घरमा फर्किनेछ ।
रुसमा पुरुषको औषत आयु महिलाको भन्दा निकै कम
भएको हुँदा धेरै वृद्धाहरुले विधवाको रुपमा एकल जिवन
बिताइरहेका छन् । घरमा लोग्ने मान्छे नहुँदा र
परिवारका अन्य सदस्यहरु समेत
साथमा नहुँदा उनीहरुको दैनिकी कष्टकर बनेको छ ।
सोही कुरालाई मध्यनजर राख्दै सरकारले
यस्तो सामाजिक सुरक्षाको कार्यक्रम
अघि सारेको हो ।
0 comments:
Post a Comment