Home » » नेपाललाई सिंगापुर बनाउन रातारात जुट्यो यस्तो सहमति .......

नेपाललाई सिंगापुर बनाउन रातारात जुट्यो यस्तो सहमति .......

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं,अप्रिल १ – लामो समयदेखि नेपाललाई
सिंगापुर बनाउँछु भनेर भाषण गर्दै आएका नेताहरुले
अन्ततः आफ्नो भनाईलाई व्यवहारमै देखाउने
भएका छन् । राजनीतिक, सामाजिक र
आर्थिक रुपमा देशलाई सिंगापुरजस्तै विकसित
बनाउन रातारात महत्वपूर्ण सहमति जुटेको छ ।
यसका लागि नेताहरुले आफ्नो व्यक्तिगत
स्वार्थ र अडान चटक्कै छाड्ने प्रतिबद्धता समेत
जनाएका छन् ।
कसैले विश्वास र अनुमान नै गर्न नसक्नेगरी
नेताहरुबीच भएको सहमति अनुसार आउँदो बैशाख
१ गते देशले नयाँ संविधान पाउनेछ । यसका
लागि संघीयता, शासकीय स्वरुप, निर्वाचन र
न्याय प्रणालीका विवादित विषय हल
भएको छ । सबै मुद्दामा एक अर्काको अडानलाई
आफ्नो मुद्दाजस्तो ठान्ने गरी सहमति गर्न
नेताहरु राजी भएका हुन् । नयाँ संविधान
आएपछि ६० वर्ष पार गरेका सबै नेताहरुले
राजनीतिबाट सन्यास लिनेछन् ।
नयाँ संविधान जारी हुने बित्तिकै देशमा
काँचुली फेर्न नेताहरुले त्यसै अनुसारको
कार्ययोजना बनाएका छन् । जसअनुसार अब
उपचार गर्न नपाएर कुनै नेपालीको ज्यान जाने
छैन । गरीब बिरामीलाई सबै सरकारी
अस्पतालमा निःशुल्क उपचार हुनेछ । सबै
नगरपालिका र गाविसका वडा
कार्यालयहरुमा सुविधा सम्पन्न अस्पताल बन्नेछ

यसैगरी उच्च माध्यमिक तहसम्मको शिक्षा
निःशुल्क हुनेछ । सबै गाविस र नगरपालिकामा
गुणस्तरीय शिक्षा दिने कलेज स्थापना गरिनेछ
। दलहरुबीच भएको सहमति अनुसार सबै
गाविसमा पिच गरिएको सडक पुर्याइनेछ ।
बेसीबाट गाउँ उक्लिन र गाउँबाट बेसी ओर्लन
सबै ठाउँमा केबलकार स्थापना हुनेछ । हरेक
जिल्ला सदरमुकाममा विमानस्थल बनाइनेछ ।
सबै अञ्चलमा अन्तर्राष्ट्रिय विमानस्थल हुनेछन्

काठमाडौं, पोखरा, भैरहवा, नारायणघाट
लगायतका ठूला र व्यस्त शहरमा १० लेनको सडक
बनाइनेछ भने सडकका सबै चोकमा फ्लाइओभर
तथा भूमीगत मार्ग बनाइनेछ । सबै राजमार्गहरु ८
लेनको हुनेछन् भने कहिँ कतै दुर्घटना हुन नदिनेगरी
आवश्यक व्यवस्था मिलाइनेछ ।
आङ ढाक्ने एकसरो लुगा नपाएका गरीब
परिवारलाई हरेक महिना एकजोर नयाँ कपडा
उपलव्ध गराइनेछ । गणतन्त्र दिवसको दिनसम्म
देशबाट गरिबी उन्मूलन गरिनेछ । बास
नपाएकालाई घर, जग्गा नभएकालाई खेत तथा
गास नपाएकालाई भातको व्यवस्था सरकारले
नै गर्नेछ । कामको खोजीमा कुनै पनि युवा
विदेश जान नपरोस् भनेर गाउँमै रोजगारीको
ग्यारेन्टी गरिनेछ । गाउँठाउँमा खुल्ने उद्योग र
व्यवसायको लागि स्वदेशी कामदारले नभ्याउने
हुँदा छिमेकी देशबाट समेत श्रमिक ल्याउन
आकर्षक कार्यक्रम सञ्चालन गरिनेछ ।
काठमाडौं सहित सबै शहरमा अत्याधुनिक
क्रिकेट रंगलशाला र फूटबल मैदान बनाइनेछ ।
भारत र चीनसँग तत्काल वार्ता गरेर सीमा
समस्या सुल्झाइनेछ । चन्द्रमा र मंगल ग्रहमा
नेपाली वैज्ञानिक पुर्याउन खुमलटारमा यान
प्रक्षेपण केन्द्र स्थापना गरिनेछ । इन्धन, सुन तथा
खनिज खानी नेपालमै खोजिनेछ र यहाँबाट
उत्पादन हुने इन्धन विदेशमा निर्यात गरिनेछ ।
जेठ १५ सम्ममा देशलाई सबै कोणबाट सिंगापुर
जस्तै विकसित बनाउन हरसम्भव सबै प्रयास
गरिनेछ ।
............................
यतिसम्म पढ्दा तपाईं कति धेरै गद्गद् हुनुभयो
होला है ? साँच्चै यस्तै भैदिए ! यो त अप्रिल
फुलको दिन कल्पना गर्न सकिने एउटा कथन मात्रै
भयो ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved