भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
एकीकृत नेकपा माओवादीकी नेतृ हिसिला यमीले
महिलालाई राज्यका सबै निकायमा पहुँच दिन
आरक्षणको ब्यवस्था गरिए जस्तै सक्रमणकाल
भरीको लागि जघन्य
महिला हिंसाका घटनामा मृत्यू
दण्डको ब्यवस्था गर्नु पर्ने माग गरिन्।
उनले प्रधानमन्त्री सुशील कोइरालाले विवाह
नगरेकोले महिलाको पीडा बुझ्न नसकेको दावी गर्दै
विवाह गर्न सुझाव दिईन। उनले
भनिन्–‘प्रधानमन्त्री सुशील कोइरालाले विवाह
गर्नुपर्छ। विवाह गर्नु भएको भए
श्रीमतिको रुपमा महिलाको पीडा थाहाँ हुन्थ्यो।’
यमिले अविवाहित एमाओवादी उपाध्यक्ष
नारायणकाजी श्रेष्ठलाई पनि विवाह गर्न सुझाव
दिने बताईन्।
लामो राजनीतिक संक्रमणका कारण
महिलाहरुमा बालिकादेखि बृद्धासम्मको जेनेरेसन रेप
भईरहेको भन्दै अब छिट्टै सत्तारुढ दल र विपक्षी ३०
दलीय मोर्चाले सहमति रुपी विवाह गरेर संघीय
लोकतान्त्रिक गणतन्त्रको संविधान जन्माएर
सक्रमणको अन्त्य गर्नु पर्नेमा जोड दिईन।
राजनीतिक दलकी महिला नेतृ, कानून विद्ध र
महिला अधिकारकर्मीहरुले
महिला हिंसाका घटनामा विद्यमान कानून
फितलो भएकोले अझै
कडा कानूनको आवश्यकतामा जोड दिएका छन्।
रिपोर्टर्स क्लब नेपालले शुक्रवार
आयोजना गरेको साक्षात्कारमा महिला हिंसा
अन्त्य गर्न कुनै अमानवीय घटना भएको बेला आक्रोस
ब्यक्त मात्रै गर्नु भन्दा पनि सदाको लागि अन्त्य गर्न
राजनीतिक दल, नागरिक समाज र अधिकारकर्मीहरु
संगठित भएर लाग्नु पर्ने बताए।
0 comments:
Post a Comment