भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं- एनसेलले प्रिपेड ग्राहकले कुनै पनि प्याक
नलिई डाटा प्रयोग गर्दा लाग्ने पे एज यु गो शुल्क ५०
प्रतिशतले घटाएको छ। नयाँ शुल्कअन्तर्गत
ऐनसेलका प्रिपेड ग्राहकले अब
प्याकबिना डाटा चलाउँदा प्रति एमबी करबाहेक
तीन रुपैयाँ तिर्नुपर्नेछ । यसअघि ६ रुपैयाँ लाग्थ्यो।
नयाँ शुल्क फागुन २८ गतेबाट लागू भएको कम्पनीले
जनाएको छ।
'ग्राहकलाई सस्तोमा उत्कृष्ट डेटाको अनुभव गराउने
प्रतिबद्धताअनुरुप पे एज यु गो शुल्क ५० ले
घटाएका छौं,' एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन
शर्माले भने।
ग्राहकलाई सस्तोमा डेटा उपलब्ध गराउन विभिन्न
भोलुममा दैनिक, साप्ताहिक तथा मासिक प्याक
प्रदान गर्दै आएको पनि कम्पनीले जनाएको छ। प्याक
लिई प्रयोग गर्दा ग्राहकले ३० पैसा प्रतिएमबी (कर
बाहेक) सम्ममा पाउँछन्। 'कतिपय ग्राहकले भने
प्याकबिना नै डेटा चलाउन रुचाउने हुनाले,
उनीहरुको सुलभताका लागि पे एज यु गो शुल्क
घटाएका हौं। यसले हाम्रा प्रिपेड
ग्राहकको डेटामा थप पहुँच बढाउने विश्वास
लिएका छौं,' शर्माले भने।
0 comments:
Post a Comment