Home » » चिट चोराउन अग्ला पर्खाल यसरी चढियो (फोटो/ भिडियो)

चिट चोराउन अग्ला पर्खाल यसरी चढियो (फोटो/ भिडियो)

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

एजेन्सी: नेपालमा आजबाट एसएलसी परीक्षा सुरु
भएको छ । एसएलसीको पहिलो दिन चिट चोराएको
आरोपमा केही शिक्षकहरु समेत निष्काशित भएका छन्

खुलेआम चिट चोराउने मामिलामा भारतसँग
जोडिएका सप्तरी, सिराहा र धनुषासहितका
जिल्ला बदनाम छन् । यिनै जिल्लासँग सिमाना
जोडिएको भारतको विहारमा खुलेआम चिट
चोराएको शर्मनाक तस्बिर बिहीबार भारतीय
अनलाइनहरुले सार्वजनिक गरेका छन् ।
नेपालमा जारी एसएसलीमा चिट चोराएका थोरै
सुनिएका बेला बिहारमा भने चिट चोराउनैका
लागि घरका अग्ला अग्ला पर्खाल नाघेका तस्बिर
बाहिर आएका छन् । सुरक्षामा खटिएको प्रहरी र
मर्यादा पालन गराउन खटिएका शिक्षककै अगाडि
खुलेआम गाउँ नै उल्टिएर परीक्षार्थीलाई चिट
चोराएका हुन् ।
त्यहाँ मंगलबारबा शुरु १० कक्षाको बोर्ड परीक्षाका
परीक्षार्थीलाई चिट चोराउन अभिभावक,
साथीभाइ र शिक्षकसहित गाउँ नै परीक्षा केन्द्रमा
उल्टेको खबरले भारतीय सञ्चारमाध्यममा सनसनी
मच्चिएको छ ।
बिहारको बैशाली र हाजिपुर जिल्लाका परीक्षा
केन्द्रमा चिट चोराउन लागेको भीड कुनै मेला भन्दा
कम थिएन । चिट चोराउने यो कामलाई भारतीय
सञ्चारमाध्यमले शर्मनाक भनेका छन् ।
बिहारको वैशाली र हाजिपुर जिल्लाका दुईवटा
परीक्षा केन्द्रमा कक्षा १० को बोर्ड परिक्षामा
परिक्षार्थीका परिवारका सदस्य र साथीभाइले
सुरक्षामा खटिएको प्रहरीकै अगाडि विद्यालयका
अग्लाअग्ला पर्खाल नाघेर चिट चोराएपछि त्यसले
देशभर हंगामा गरेको छ ।
प्रश्नपत्रको उत्तर बोकेर परिक्षार्थीका आफन्त र
साथीभाइ परीक्षा हलमै पसेर चिट चोराउँदा पनि
त्यहाँको सरकार मौन बसेपछि त्यसको चौतर्फी
विरोध भइरहेको छ ।
शर्मनाक तस्बिर बाहिर आएपछि विहार राज्य
सरकराले समेत राज्यमा निष्पक्ष परीक्षा गराउन
सम्भव नै नभएको तथ्य स्वीकारेको छ । विहारका
शिक्षामन्त्री पिके शाही स्वयम्ले बिहारमा
निष्पक्ष परीक्षा असम्भव भएको स्विकारेका छन् ।
‘स्वतन्त्र र निष्पक्ष परीक्षा गर्न बिहार सरकारको
लागि ठुलो चुनौती रहेको छ’, उनले भने, ‘यहाँ
निष्पक्ष परीक्षा गराउन असम्भवप्राय छ ।’
बिहारमामात्रै १४ लाख भन्दा बढी विद्यार्थीले
८० हजार परीक्षा केन्द्रबाट कक्षा १० को बोर्ड
परिक्षा दिइरहेका छन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved