भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
मैले परीक्षा एसएलसी बोर्डबाट दिएको होइन। सन्
२००३ मा ओ लेभलबाट दिएको हुँ। तर, जहाँबाट दिए
पनि परीक्षा भनेको परीक्षा नै हो। त्यतिबेला म
साह्रै नर्भस भएकी थिएँ। राति पनि उठेर पढेँ। जाँचमा
यस्तो डर लाग्थ्यो कि छिनछिनमा पिसाब गर्न
जानुपर्थ्यो। नतिजा सुनेपछि धेरै नै खुशी भएको थिएँ।
किनभने मेरो ए माइनस आएको थियो।
म कहिल्यै कक्षामा सेकेन्ड भइनँ। त्यही भएर
एसएलसीमा पास हुन्छु भन्ने कुरामा ढुक्क थिएँ। तर,
एसएलसी भनेपछि स्वाभाविक रूपमा डर लाग्दो रहेछ।
मेरो एसएलसीको सेन्टर जावलाखेलको सेन्ट मेरिज
विद्यालयमा थियो। त्यहाँ कडिकडाउ थियो।
हाम्रो पालामा एसएलसी बोर्ड फस्ट र टप टेन भन्ने
सिस्टम नै हटाइएको थियो। तर, पनि कसले बढी
प्रतिशत ल्यायो भन्ने दाबी भने मिडियाबाट भएको
थियो। मसँगै एउटै बेन्चमा बसेर पढ्ने साथी पंकज
अधिकारीको नाम बोर्ड टपको रूपमा आएको
थियो। त्यो खबरले म उत्साहित भएँ।
0 comments:
Post a Comment